IME Life New

वित्तीय ठगीका घटना बढ्न थालेपछि राष्ट्र बैंकले गरायो सचेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ठगीका घटना बढ्न थालेपछि सर्वसाधारणलाई सचेत गराएको छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै सचेत गराएको हो। वित्तीय ठगी, चोरी र अपराधबाट बच्न सयमै विचार पुर्याउन राष्ट्र बैंकले आग्रह गरेको छ।

Esewa
Crest

सस्तोमा मोबाइल पठाइदिन्छु, तपाइँलाई चिठ्ठा पर्यो, पार्सल आयो, रकम डबल हुन्छ, क्रिप्टो वा फोरेक्स किन्नुस्, नोकरी लगाइदिन्छु, लगानी गर्नुहोस् भन्नेजस्ता म्यासेज आयो वा त्यसलाई पत्याएर उसले भनेजस्तै आफ्ना गोप्य विवरण तथा नागरिकताजस्ता निजी कागजात दिनुभयो भने सम्पत्ति कमाउने त होइन आफूसँग भएको पनि गुमाउने अवस्था आउने राष्ट्र बैंकले जनाएको छ।

त्यस्ता सन्देश प्राप्त भएमा सधैँ सतर्क र सोचविचार गरेर निर्णय लिनु अत्यन्त आवश्यक रहेको केन्द्रीय बैंकको सुझाव छ। ‘सित्तैमा केही पनि पाइँदैन र त्यस्ता सन्देशको पछाडि सधैँ कुनै कुनै दाउपेच लुकेको हुनेतर्फ ध्यान दिन जरुरी छ’, सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS