IME Life New

शेयर बजारको गिरावटलाई भारतको कांग्रेसले भन्यो ‘ट्यारिफिङ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको कांग्रेस पार्टीका नेता जयराम रमेशले सोमबार शेयर बजारमा आएको गिरावटप्रति तिखो प्रतिक्रिया दिएका छन्।

कांग्रेसका महासचिव जयराम रमेशले भविष्यवाणी गरेअनुसार बजारले ‘ट्यारिफाइङ’ ढंगले प्रतिक्रिया दिइरहेको बताएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत अन्य देशमा हालै लगाएको ट्यारिफलाई ध्यानमा राख्दै रमेशले ‘ट्यारिफाइङ’ शब्द प्रयोग गरेका हुन्।

Esewa
Crest

रमेशले प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै अर्थतन्त्रमा चोट पुर्याउने विशेषज्ञका रुपमा चित्रित गरे।

अप्रिल २ मा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलगायत धेरै देशबाट अमेरिका आउने सामानमा आयात शुल्क लगाउने घोषणा गरेका थिए। त्यसपछि सोमबार भारतसहित एसियाका सबै शेयर बजारमा भारी गिरावट देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS