IME Life New

ट्रम्पको ट्यारिफको चार साइड इफेक्ट, एसियाली शेयर बजारमा हाहाकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट घोषित ट्यारिफ लागू भएसँगै सोमबार एसियाली बजारमा हाहाकार मच्चिएको छ।

साताको पहिलो कारोबार दिनको सुरुमा हङकङको ह्याङ सेङ ९.२४ प्रतिशत र जापानको निक्केई ८.५० प्रतिशतले ओरालो लागेको छ। अर्कोतर्फ सिंगापुरको बजार ७ प्रतिशत, चीनको बजार ५.५ प्रतिशत, मलेसियाको बजार ४.२ प्रतिशतले घटेको छ । योसँगै अस्ट्रेलियाको शेयर बजार ४.१ प्रतिशत र न्युजिल्याण्डको शेयर बजार ३.६ प्रतिशतले ओरालो लागेको छ । भारतको सेन्सेक्स प्रारम्भिक कारोबारमा ३९०० अंकले झर्यो भने निफ्टीमा पनि १००० अंकले गिरावट देखिएको छ। यसैबीच बीएसई मिडक्याप र स्मलक्याप परिसूचकमा १० प्रतिशतसम्मको गिरावट आएको छ ।

Esewa
Crest

एसियाली शेयर बजारमा गिरावट आउनुको मुख्य कारण ट्रम्पको ट्यारिफ नै रहेको छ। ट्यारिफका कारण अमेरिका र चीनबीच व्यापार युद्धको सम्भावनाले मन्दी डर पनि उत्तिकै बढाएको छ।

मुख्यगरी ट्यारिफका कारण देखिने ४ सम्भावित असरले एसियालीसँगै विश्व बजार प्रभावित बनेको छ।

यी हुन् ४ कारण

ट्यारिफप्रति ट्रम्पको बयान

ट्रम्प ट्यारिफबाट पछि हट्ने सम्भावना देखिँदैन। उनले यसलाई अमेरिकालाई तंग्राउने औषधिको संज्ञा दिएका छन्। ‘म चाहँदिन कि कुनै कुरा खराब होस्, त्यसैले कहिलेकाहीँ केही कुरा ठीक पार्न औषधि लिनुपर्छ’, उनले भनेका छन्। यसका साथै ट्रम्पले विश्व शेयर बजारमा आउने नोक्सानीबारे आफू कुनै प्रकारले चिन्तित नरहेको प्रस्ट पारेका छन्।

मन्दीको बढ्दो जोखिम

ट्रम्पले विश्वका सबै देशहरुमा लगाइएका करहरुप्रति आफ्नो कडा अडान कायम राखेका छन्। जसका कारण शेयर बजारमा त्रास बढेको छ। ब्रोकरेज फर्म एमके ग्लोबलले अमेरिकामा मन्दीको बढ्दो खतराको प्रभाव विश्वभर पर्न सक्ने जनाएको छ।

महँगीको खतरा

ट्रम्प ट्यारिफले महँगी द्रुत गतिमा बढाउने, कर्पोरेट लाभहरु घट्ने र यसले उपभोक्ताको भावनालाई असर गर्ने, जसको प्रत्यक्ष असर आर्थिक वृद्धिमा पर्ने विज्ञहरुले प्रतिवेदनमा उल्लेख गरेका छन्। वास्तवमा भन्सार लगाउने र अमेरिकी सामानमा थप कर लगाएर चीनको प्रतिआक्रमणले ठूलो व्यापार युद्धले विश्व अर्थतन्त्रलाई गम्भीर धक्का दिने चिन्ता बढाएको छ। रोयटर्सका अनुसार जेपी मोर्गनले अब विश्वव्यापी मन्दीको सम्भावना ४० प्रतिशतको पूर्वानुमानबाट ६० प्रतिशतमा बढाएको छ।

एफपीआईको उदासीनता जारी

भारतीय शेयर बजार घट्नुको अर्को कारण विदेशी लगानीकर्ताको उदासीनता हो । विदेशी पोर्टफोलियो लगानीकर्ताहरु अर्थात् एफपीआईले फेरि एकपटक भारतीय शेयर बजारबाट पैसा निकाल्न थालेका छन् र त्यसको प्रभाव परिसूचकमा स्पष्ट देखिन थालेको छ । ट्रम्प ट्यारिफले यसलाई तीव्र बनाएको छ। गत साताको अन्तिम कारोबार दिन शुक्रबारसम्म एफपीआईले भारु १३ हजार ७३० करोडको शेयर बिक्री गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS