IME Life New

अमेरिका र युरोपबीच ‘शून्य ट्यारिफ’को अवस्था सिर्जना हुने एलन मस्कको आशा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी एलन मस्कले अमेरिका र युरोपबीच ‘शून्य ट्यारिफ’को अवस्था सिर्जना हुने आशा व्यक्त गरेका छन्।

इटालीका उपप्रधानमन्त्री म्याटियो साल्भिनीसँग शनिबार प्रत्यक्ष कुराकानीका क्रममा विश्वकै धनीव्यक्ति मस्कले भने, ‘मलाई आशा छ कि युरोप र अमेरिका दुवैले शून्य ट्यारिफमा जानुपर्छ। जसले गर्दा युरोप र अमेरिकाबीच स्वतन्त्र व्यापार हुन सक्छ।’

Esewa
Crest

मस्कले भने, ‘युरोप र उत्तरी अमेरिकाका जनताको आवतजावतमा बढी स्वतन्त्रता हुनुपर्छ। यो राष्ट्रपतिलाई पक्कै पनि मेरो सल्लाह हो।’

ट्यारिफबाहेक मस्कले युरोपको ‘दमनकारी’ नीतिहरुको पनि आलोचना गरे। उनले भने, ‘ती नीतिले गर्दा युरोप नयाँ व्यापार सुरु गर्ने उपयुक्त ठाउँ बन्न सकेको छैन।’

अप्रिल २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरै देशमा पारस्परिक ट्यारिफ लगाएका थिए। ट्रम्पको यो कदमको प्रभाव विश्वभरका शेयर बजारमा देखिएको छ। यसबाहेक अमेरिकामै ट्रम्पविरुद्ध प्रदर्शन भइरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS