IME Life New

मधेशको नेतृत्व कहिल्यै पनि वास्तविक मधेशीको हातमा आएनः अध्यक्ष अन्सारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो।रिजवान अन्सारीले उत्पीडित जनताको राज्यसत्ता स्थापनाका लागि वैकल्पिक महागठबन्धन वा मोर्चा आफूहरुले बनाउन लागेको बताएका छन् । उनले उत्पीडित जनताको वास्तविक मोर्चा घोषणा गर्ने बताएका हुन् ।

चार राजनीतिक दलहरु नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी र नेपाल जनजागृति पार्टीले शनिबार संयुक्तरुपमा जनकपुरधाममा आयोजना गरेको ‘संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि उत्पीडित जनताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अन्सारीले सो कुरा बताएका छन् ।

Esewa
Crest

हालै मधेशकेन्द्रित सात राजनीतिक दलले घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चाप्रति कटाक्ष गर्दै उनले भने, ‘सात दलले घोषणा गरेको मोर्चा कथित मधेशवादी र अवसरवादीहरुको समूह रहेको छ । तिनीहरु जहिले पनि मधेशी जनताको आन्दोलनलाई अपहरण गरी बेइमानी गरे ।’

उनले मधेशको नेतृत्व कहिल्यै पनि वास्तविक मधेशीको हात नआएको भन्दै कतिथ मधेशवादीहरुले मधेशको आन्दोलनलाई अपहरण गरेको आरोप लगाए । सात दलको मोर्चामा रहेका नेताहरु पटक–पटक कैयौंपटक मन्त्री भए तर उत्पीडित जनताको पक्षमा कुनै काम गरेको उनको आरोप थियो ।

‘अहिले पनि घोषणा भएको मोर्चाको अनुहार हेर्नुस्, यिनी संकीर्णताबाट माथि कहिल्यै उठ्न सकेनन् । यिनीहरुको मोर्चामा दलित, मुस्लिम, पिछडावर्गको नेतृत्व छैन । यिनीहरु आफूलाई जहिले पनि संकीर्ण राखे, जसकारण नेपालका सिंगो उत्पीडित जनताले जहिले पनि घाटा बेहोर्नुप¥यो ।’ उनले थपे, ‘कथित मधेशवादी वास्तवमा संकीर्ण हुन् ।’

उनले भने, ‘अहिलेको आवश्यकता भनेको बृहतरुपमा देशमा रहेका सम्पूर्ण उत्पीडित शक्तिलाई एक ठाउँमा जम्मा गर्ने र त्यसपछि अधिकारका लागि राज्यसँग संघर्ष गर्ने, निर्वाचनमा पनि जाने । अनि मात्रै संसदमा पनि उत्पीडित जनताको सही प्रतिनिधित्व हुन्छ ।’

मुद्दा विसर्जनवादीहरु छोडिसकेका मुद्दाहरुलाई अगाडि बढाउने बताउँदै अन्सारीले यिनीहरुको अकर्मण्यताका कारण २२ जिल्लाको मधेश आज आठ जिल्लामा सीमित भएको आरोप लगाए ।

अध्यक्ष अन्सारीले पूर्वराजा ज्ञानेन्द्रले संविधानका सबै सीमाहरु उल्लंघन गरेर जनतालाई उक्साएर अपराध गर्न लगाएको बताएका छन् । ‘पूर्वराजा ज्ञानेन्द्रलाई दिइएका सबै सुविधाहरु खोस्नुपर्छ । किनभने उनले संविधान माथि आक्रमण गरिरहेका छन् । जहाँ पनि जसको विरुद्धमा क्रान्ति हुन्छ, त्यसलाई समाप्त पार्छ र नयाँलाई स्थापित गर्छ । तर नेपालमा पटक–पटक जनतालाई धोका दिने काम कांग्रेस, एमाले र माओवादीले गरे । अहिले पनि जनताले भनिरहेका छन् कि यो अपराधीलाई कारबाही गर ।’ उनले भने ।

सो अन्तरक्रिया कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय महासचिव अनन्त राई, मधेशका सांसद एवं पूर्वगृह, सञ्चार तथा कानूनमन्त्री विमला अन्सारी, बहुजन एकता पार्टी, नेपाल सद्भावना पार्टी र जनजातृति पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS