IME Life New

आयरल्यान्डको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कर तथा अध्यागमन परामर्श संस्था नोम्याड क्यापिटलिस्टले विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गरेको छ।

नोम्याड क्यापिटलिस्टको सूचीमा आयरल्यान्डको पासपोर्ट पहिलो स्थानमा रहेको छ। उत्तर अमेरिकी देश आयरल्यान्डको पासपोर्टले नोम्याड क्यापिटलिस्टको सूचीमा पहिलो स्थान हासिल गरेको यो पहिलोपटक हो।

Esewa
Crest

यो सूचीमा विश्वका १९९ देशका पासपोर्ट विश्लेषण गरिएको छ। यसमा नेपालको पासपोर्ट पनि समावेश छ।

सीएनबीसीका अनुसार नोम्याड क्यापिटलिस्टको पासपोर्ट र तिनीहरुको अन्तर्राष्ट्रिय शक्तिको विश्लेषण गर्ने ढाँचा अन्य श्रेणीभन्दा फरक छ। जसले तिनीहरुको भिसारहित यात्रा क्षमतालाई मात्र महत्व दिन्छ।

आजको निरन्तर परिवर्तनशील संसारमा नोम्याड क्यापिटलिस्ट इन्डेक्सले प्रत्येक देशको पासपोर्ट वार्षिक आधारमा कसरी विकसित हुन्छ भनेर ट्रयाक गर्दछ। देशहरुको विश्वव्यापी प्रभाव कसरी परिवर्तन हुँदैछ भनेर हेर्छ। नोम्याड क्यापिटलिस्टले पाँच मुख्य कारकमा आधारित विश्वभरका पासपोर्टहरु क्रमबद्ध गर्दछः भिसारहित यात्रा, कर, विश्वव्यापी धारणा, दोहोरो नागरिकता र व्यक्तिगत स्वतन्त्रता।

नोम्याड क्यापिटलिस्ट इन्डेक्स २०२५ ले आयरल्यान्डलाई १०९ अंकको ‘नोम्याड पासपोर्ट स्कोर’का साथ शीर्ष स्थानमा राखेको छ। गत वर्ष यसले स्विट्जरल्यान्ड शीर्ष स्थानमा राखेको थियो। तर, यो वर्षको आयरल्यान्डले स्विट्जरल्यान्डलाई पछि पारेको छ।

नोम्याड क्यापिटलिस्टले सन् २०२० मा आयरल्यान्डलाई लक्जेम्बर्ग र स्विडेनसँगै नम्बर १ को वरियतामा राखेको थियो। ‘आयरल्यान्डले देशको बलियो अन्तर्राष्ट्रिय प्रतिष्ठा, व्यवसायमैत्री कर नीति र समग्र नागरिकता लचिलोपनका कारण यो श्रेणीमा माथि उक्लिएको हो’, नोमाड क्यापिटलिस्टका अनुसन्धान सहयोगी जेभियर कोरियाले सीएनबीसी ट्राभललाई भने।

आयरल्यान्डलाई विश्वको सबैभन्दा बलियो पासपोर्ट २०२५ का रुपमा मान्यता दिइएको छ। यस सूचकांकमा आयरल्यान्डका नागरिकलाई ईयू र विशेषगरी बेलायतमा स्वतन्त्र रुपमा बाँच्न र काम गर्ने अधिकार छ। आयरल्यान्डपछि शीर्ष १० बलियो पासपोर्टको सूचीमा स्विट्जरल्यान्ड, ग्रीस, पोर्चुगल, माल्टा, इटाली, लक्जमबर्ग, फिनल्यान्ड, नर्वे, यूएई, न्युजिल्यान्ड र न्युजिल्यान्ड छन्। यीमध्ये केही देशले एउटै श्रेणी प्राप्त गरेका छन्।

नोम्याड क्यापिटलिस्टको सूचीमा नेपालको पासपोर्ट १८० औँ स्थानमा रहेको छ। नेपालले औसत ३९.५ अंक प्राप्त गरेको छ। यो सूचीमा छिमेकी मुलुक भारत ४७.५ अंका साथ १४८ औँ स्थानमा र चीन ५७ अंकका ११९ औँ स्थानमा छन्।

नोम्याड क्यापिटलिस्ट इन्डेक्समा आफगानिस्तान सबैभन्दा पुछारमा रहेको छ। आफगानिस्तानले २७ अंक मात्रै प्राप्त गरेको छ।

हेन्ले पासपोर्ट इन्डेक्समा सबैभन्दा शक्तिशाली पासपोर्ट सिंगापुरको रहेको छ। नोम्याड क्यापिटलिस्ट इन्डेक्स भने सिंगापुरको पासपोर्ट २६ औँ स्थानमा रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS