IME Life New

हुलदंगाको क्षतिमा सम्पत्ति बीमातर्फ रु. ३ करोड बढीको दाबी, मोटर बीमामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत चैत १५ काठमाडौंको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा भएको राजावादीहरुको प्रदर्शनका क्रममा सिर्जित हुलदंगाबाट भएको क्षतिमा सम्पत्ति बीमातर्फ सबैभन्दा बढी रकमको दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको निर्जीवन बीमाहरुमा चैत २० गतेसम्म प्राप्त दाबीको तथ्यांकबाट यस्तो देखिएको हो। हालसम्म ११ वटा निर्जीवन बीमकमा सम्पत्ति बीमातर्फ १६ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले ३ करोड ११ लाख ६६ हजार २१३ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

Esewa
Crest

यसैगरी दोस्रो धेरै दाबी मोटर बीमा (निजी)तर्फ परेको छ। कम्पनीहरुमा मोटर बीमातर्फ २२ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले १ करोड २९ लाख ६७७ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म कम्पनीहरुले मोटर बीमातर्फ परेको २ वटा दाबीको ४३ हजार ८८२ रुपैयाँ भुक्तानी गरिसकेका छन्।

प्राधिकरणका अनुसार हालसम्म हुलदंगाबाट भएको क्षतिमा इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३ वटा दाबीको कम्पनीहरुले ३७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

त्यस्तै कम्पनीहरुमा विविध बीमातर्फ २ वटा दाबी परेको छ। ती दाबीको १० लाख १ हजार १३० रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ। विविधतर्फ कम्पनीले एउटा दाबीको १ हजार १३० रुपैयाँ भुक्तानी गरिसकेको छ।

बीमा प्राधिकरणहरुले निर्जीवन व्यवसाय गर्ने कम्पनीहरुलाई हुलदंगाबाट भएको क्षतिको बीमा दाबी भुक्तानी छिटो र छरितो ढंगले गर्न निर्देशन दिएको थियो। निर्देशनबमोजिम कम्पनीहरुले दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउँदै त्यसको विवरण प्राधिकरणमा पठाउन सुरु गरेका छन्।

चैत २० गतेसम्म कम्पनीहरुमा हुलदंगाबाट भएको क्षतिमा ४३ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले ४ करोड ८७ ६८ हजार २० रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले ३ वटा दाबीको ४५ हजार १२ रुपैयाँ भुक्तानी गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS