IME Life New

फिच रेटिङले सार्वभाैम क्रेडिट रेटिङ घटुवा गरेपछि चीनले जनायो आपत्ती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी मूल्याङ्कन एजेन्सी फिचले चीनको सार्वभौम क्रेडिट रेटिङलाई घटुवा गरेपछि चीनियाँ सरकारले मूल्याङ्कन पक्षपाती भएको भएको भन्दै अस्वीकार गरेको छ।

चीनको पछिल्लो समयमा सार्वजनिक वित्तको निरन्तर कमजोरी र द्रुत रूपमा बढ्दो ऋणको अपेक्षाको कारण जनाउँदै फिच रेटिङले चीनको सार्वभाैम क्रेडिट रेटिङलाई घटुवा गरेको हो। बिहीबार फिचले जारी गरेको रेटिङ मूल्याङ्कन सम्बन्धित प्रतिवेदनमा प्रतिकृया दिंदै चीनको अर्थ मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ, कि मन्त्रालयले “गहिरो” पछुतो गर्छ र फिचको घटुवा मूल्याङ्कनलाई मान्यता दिँदैन। मन्त्रालयले यो पनि भनेको छ कि,यो निर्णय “पक्षपाती छ र पूर्ण रूपमा र वस्तुनिष्ठ रूपमा चीनको वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्न सक्दैन।”

Esewa
Crest

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापारिक साझेदारबाट आयातमा व्यापक शुल्क लगाएको एक दिन पछि फिच रेटिङको चीनियाँ सार्वभाैम क्रेडिट रेटिङबारे यो घटुवा सम्बन्धित प्रतिवेदन आएको हो। अमेरिकी निर्णयका कारण चीन सबैभन्दा बढी प्रभावित भएको छ। फिचले प्रतिवेदनमा अमेरिकी राष्ट्रपतिको यो कदमबारे यसको पूर्वानुमानमा समावेश गरेएको छैन।

फिचले चीनको दीर्घकालीन विदेशी मुद्रा मूल्याङ्कनलाई “ए प्लस” बाट एक अंकले घटुवा गर्दै “ए” मा झारेको छ। अघिल्लो मूल्याङ्कनको एक वर्ष पछि चीनको क्रेडिट रेटिङमा आफ्नो दृष्टिकोण सार्वजनिक गरेको हो।

फिचले विज्ञप्तीमा उल्लेख गरेको छ,”घटुवाले चीनको सार्वजनिक वित्तको निरन्तर कमजोरी र देशको आर्थिक संक्रमणको समयमा द्रुत रूपमा बढ्दो सार्वजनिक ऋण प्रक्षेपणको हाम्रो अपेक्षालाई प्रतिबिम्बित गर्दछ।”

“हामी आशा गर्छौं कि सरकारी ऋण/कुल गार्हस्थ उत्पादन( जिडिपि) ले आगामी केही वर्षहरूमा यसको तीब्र माथिल्लो प्रवृत्तिलाई जारी राख्नेछ, यी उच्च घाटा, आकस्मिक दायित्वहरूको निरन्तर क्रिस्टलाइजेशन र कमजोर नाममात्र जिडिपि वृद्धिद्वारा संचालित।”

फिचले चीनको सामान्य सरकारी घाटा २०२५ मा जिडिपिको ८.४ प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ, जुन २०२४ मा ६.५ प्रतिशत थियो। चीनले घट्दो घरेलु माग, बढ्दो भन्सार र मुद्रास्फीति दबाबको बीचमा वृद्धिलाई समर्थन गर्न वित्तीय प्रोत्साहन कायम राख्नुपर्नेछ।

सार्वभौम क्रेडिट रेटिङले कुनै पनि देशले सार्वजनिक क्षेत्रको ऋण तथा वित्तीय दायीत्व पूर्व निर्धारित समय अवधिमा भुक्तानी गर्न सक्ने कस्तो क्षमता बोकेको छ भन्नेबारे संकेत गर्छ। कुनै देशको आर्थिक अवस्था र वित्तीय सबलता मूल्याङ्कनका लागि अनुमान गर्ने एउटा आधार प्रदान गरेपनि सार्वभौम रेटिङ पूर्णरूपमा त्रुटी रहित भने हुँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS