IME Life New

हुलदंगाबाट भएको क्षतिमा रु. ४.८७ करोडको बीमा दाबी, कुन बीमकमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा गत चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हुलदंगाका कारण भएको क्षतिमा हालसम्म निर्जीवन बीमा कम्पनीहरुले पौने ५ करोड रुपैयाँ बढीको दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले बीमकहरुबाट प्राप्त चैत २० गतेसम्म तथ्यांक आज सार्वजनिक गर्दै हुलदंगाका कारण भएको क्षतिमा ११ वटा बीमा कम्पनीमा ४३ वटा दाबी परेको हो। ती दाबीको कम्पनीहरुले ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म एउटा कम्पनीले ३ वटा दाबीको ४५ हजार १२ रुपैयाँ भुक्तानी गरेका छन्।

Esewa
Crest

हुलदंगाबाट भएको क्षतिमा सबैभन्दा धेरै रकमको दाबी राष्ट्रिय बीमा कम्पनीमा परेको छ। यो कम्पनीले २ वटा दाबीको १ करोड २७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

दोस्रो धेरै रकमको दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स परेको छ। कम्पनीले ८ वटा दाबीबापत १ करोड १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ वटा दाबीको ६८ लाख ९१ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ४ वटा दाबीको ५२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले एउटा दाबीको ४७ लाख ५० हजार रुपैयाँ, नेसनल इन्स्योरेन्सले ११ वटा दाबीको २० लाख ७५ हजार रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले एउटा दाबीको १६ लाख ९५ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ वटा दाबीको १४ लाख ६० हजार रुपैयाँ, शिखर इन्स्योरेन्सले ५ वटा दाबीको १३ लाख २५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले एउटा दाबीको ८ लाख ७१ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले एउटा दाबीको ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म शिखर इन्स्योरेन्सले ३ वटा दाबीको ४५ हजार १२ रुपैयाँ भुक्तानी गरेको छ। बाँकी कम्पनीले भने एउटा पनि दाबी भुक्तानी गरेका छैनन्।

प्राधिकरणले गत चैत १७ गते हुलदंगाको बीमा दाबी भुक्तानी यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS