IME Life New

आजबाट एफपीओ निष्काशन गर्दै विन नेपाल लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले आज चैत २१ गतेदेखि एफपीओ जारी गर्ने भएको छ। संस्थाले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको एफपीओ ल्याउन लागेको हो। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकितदरका कुल ५१ हजार २९२।५ कित्ता शेयर बिक्री खुला गर्नेछ।

लगानीकर्ताले यो एफपीओमा चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा २०८२ वैशाख ४ गतेसम्म एफपीओ बिक्री खुला गरिनेछ।

Esewa
Crest

लगानीकर्ताले यस एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

हाल विन नेपाल लघुवित्तको चुक्तापुँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्ने भने सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ।

विन नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS