IME Life New

क्यानाडामा रेकर्डतोड संख्यामा भिसा आवेदन अस्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यानडाको भिसा स्वीकृति नदिने ग्राफ सार्वजनिक भएको छ। क्यानडाले सन् २०२४ मा २३ लाख मानिसकोि भिसा आवेदन अस्वीकृत गरेको छ। यो सबै भिसा आवेदनको ५० प्रतिशत हो। जुन अघिल्लो वर्षको अस्वीकृत १८ लाख आवेदनको तुलनामा ३५ प्रतिशतले बढी हो।

डेक्कन हेराल्डले भिसा आवेदकले विदेशी कामदार, विद्यार्थी र पर्यटक समावेश गरेको छ। क्यानडाले कम भिसा अनुमोदन गरेर आफ्नो सिमाना कडा गरिरहेको रिपोर्टमा उल्लेख छ।

Esewa
Crest

टोरन्टो स्टारले प्राप्त गरेको तथ्यांकअनुसार क्यानाडाली अध्यागमन अधिकारीहरुले सन् २०२३ मा १८ लाख ४६ हजार १८० को तुलनामा सन् २०२४ मा २३ लाख ५९ हजार १५७ अस्थायी आवासीय आवेदन अस्वीकार गरेका थिए। तथ्यांकले ५२ प्रतिशत अध्ययन अनुमति आवेदन अस्वीकृत भएको देखाएको छ। जब कि सन् २०२४ मा २२ प्रतिशत वर्किङ भिसा अस्वीकृत भएको छ। जुन सन् २०२३ मा २३ प्रतिशत थियो।

ओटावाले आगामी ३ वर्षका लागि आफ्नो स्थायी बसोबास लक्ष्यलाई घटाएर सन् २०२५ मा ३ लाख ९५ हजार, सन् २०२६ का लागि ३ लाख ८० हजार र सन् २०२७ का लागि ३ लाख ६५ हजार पुर्याएको छ। प्रतिवेदनका अनुसार क्यानाडाली सरकारमा टेम्पोसी इमर्जेन्सी सीमित गर्नका लागि बढ्दो सार्वजनिक दबाबको बीचमा भिसा अस्वीकारमा वृद्धि भएको हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS