IME Life New

पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आउन कामना सेवा विकास बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई आग्रह गरेको छ।

बैंकले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बैंकको २०७६ पुस १७ गते सम्पन्न १३ औँ वार्षिक साधारणसभाबाट पारित आर्थिक वर्ष २०७५।७६को नगद लाभांश कतिपय शेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेको बैंकले जनाएको छ।

Esewa
Crest

उक्त आर्थिक वर्षका लागि बैंकले शेयरधनीहरुलाई ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। उक्त नगद लाभांश सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र बुझिलिन बैंकले शेयरधनीहरुलाई आग्रह गरेको छ। यसका लागि शेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।

तोकिएको अवधिभित्र बुझिलिन नआउने शेयरधनीको नगद लाभांश कम्पनी ऐनमा भएको व्यवस्थाबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS