IME Life New

भण्डारी सेवा समाजका सदस्यहरुलाई ओम हस्पिटलममा बिशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं चावहिल स्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराही स्थित भण्डारी सेवा समाज, नेपाल बिच उपचार सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

ओम हस्पिटलका तर्फवाट ओमहस्पिटल संचालक समितिका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलमा आज एक कार्यक्रमका बिच ओम हस्पिटलमा प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र भण्डारी सेवा समाजका अध्यक्ष बिर बहादुर भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Esewa
Crest

सम्झौतामा भण्डारी सेवा समाजका सदस्यहरु अस्पतालमा भर्ना भई उपचार गर्नुपरेमा समाजबाट प्रेशित सदस्यहरुको नामावली तथा आधिकारिक ब्यक्तिको सिफारिसका आधारमा बिशेष छुट प्रदान गरिने जनाइएको छ।

समारोहमा ओम हस्पिटलका तर्फबाट अस्पताल संचालक समिति सदस्य तथा सिनियर कन्सल्ट्यान्ट गाइनेकोलोजिष्ट प्रा.डा.जागेश्वर गौतम, मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन डा। हरिश जोशीको समेत उपस्थिति थियो ।

भण्डारी सेवा समाजका तर्फबाट समाजका संरक्षक जिवन कुमार भण्डारी, संगठन बिभाग प्रमुख कुमार भण्डारी, सामाजिक उत्तरदायित्व बिभाग प्रमुख रामकाजि भण्डारी लगायतका सदस्यहरुको उपस्थिति थियो ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित ओम हस्पिटलले तीन दशक अघिदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार सम्मका सेवाहरु साथमा पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विशिष्टिकृत विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

नेपालमा पहिलो आइ।भि।एफ। सेवा शुरु गरेको ओम हस्पिटलले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS