IME Life New

बीमाको १ करोड पाउने लोभमा बुवाले रचे छोराको मृत्युको नाटक, यसरी खुल्यो रहस्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लोभले मान्छेलाई अपराधतर्फ कसरी धकेल्छ भन्ने कुरा छिमेकी मुलुक भारतको दिल्लीमा भएको एउटा घटनाबाट बुझ्न सकिन्छ। दिल्लीको नजफगढ क्षेत्रमा एउटा अचम्मको घटना बाहिर आएको छ। त्यहाँ एक व्यक्तिले बीमा दाबी रकम पाउन छोराको नक्कली मृत्युको नाटक रचे। एक वकिलले ती व्यक्तिको योजना साकार पार्न कानुनी चालहरु चले।

प्रहरीले यो घटनाको पर्दाफास गर्न निकै मेहनत गर्नुपर्यो र अन्ततः यो षड्यन्त्रको पर्दाफास गर्दै प्रहरीले बुवा–छोरालाई नियन्त्रणमा लिएको छ। प्राप्त जानकारीका अनुसार ती व्यक्तिले सबैभन्दा पहिले छोरा गगनको भारु १ करोडको जीवन बीमा गराए। त्यसपछि मार्च ५ को रात एउटा नक्कली दुर्घटनाको नाटक रचियो। गगन नजफगढमा दुर्घटनामा परेको र सामान्य चोटपटक लागेको बताइएको थियो। उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरियो र त्यसपछि ठूलो अस्पतालमा रिफर गरिएको भनियो।

Esewa
Crest

केही दिनपछि बुवाले सबैलाई आफ्नो छोराको मृत्यु भएको र अन्तिम संस्कार गरिएको बताए। कसैलाई शंका नहोस् भनेर गगनको १३ औँ दिनको मृत्यु संस्कार पनि घरमै गरियो। त्यसपछि ती व्यक्तिले बीमाको रकम पाउन बीमा कम्पनीमा दाबी पेस गरे।

यो सम्पूर्ण मामिलामा ट्विस्ट तब आयो जब एक व्यक्तिले मार्च ११ मा नजफगढ थाना पुगे र पुलिसलाई मार्च ५ मा आफूबाट एउटा मोटरसाइकल दुर्घटना भएको बताए। दुर्घटनामा एक युवकको मृत्यु भएको उनले सुनाए। यो कबुलपछि नजफगढ प्रहरीले अनुसन्धान सुरु गर्यो। तर, न त प्रहरीले दुर्घटनाको प्रमाण फेला पार्यो न त कुनै अस्पतालबाट मृत्युका बारेमा जानकारी प्राप्त गर्यो।

त्यसपछि प्रहरीले अनुसन्धान अघि बढायो। प्रहरी अनुसन्धानले कुनै दुर्घटना नभएको र कसैको मृत्यु पनि नभएको खुल्यो। अनुसन्धानका क्रममा मृत्यु दाबी भइरहेका गगनको केही महिनाअघि भारु १ करोडको बीमा गराएको प्रहरीलाई थाहा भयो। प्रहरीलाई बुझ्न केही समय लाग्यो। त्यसपछि प्रहरीले कडाइका साथ सोधपुछ गर्दा सबै सत्यबाहिर आयो।

अनुसन्धानका क्रममा प्रहरीले गगनको बीमा पोलिसी केही महिनाअघि मात्रै लिएको थाहा भयो। यो घटनाले प्रहरीलाई शंकाको घेरामा पार्यो। कडाइका साथ सोधपुछ गर्दा सबै सत्य बाहिर आयो। गगन र उनका बुवाले भारु १ करोडको बीमा दाबी पाउनका लागि वकिलको सल्लाहमा यो नाटक रचेका थिए। तर, प्रहरीको सतर्कताका कारण यो ठगी समातियो।

प्रहरीले गगन र उनका बुवालाई नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। यसका साथै यस षड्यन्त्रमा वकिलको भूमिकाको पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

60%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS