IME Life New

दुई वाणिज्य बैंकले पाए साढे ७ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुईवटा वाणिज्य बैंकले साढे ७ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएका छन्।

नेपाल धितोपत्र बोर्डबाट एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने अनुमति पाएका हुन्। एनआईसी एसियाले ५ अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र ल्याउन अनुमति पाएका छन्।

Esewa
Crest

अब एनआईसी एसिया बैंकले ‘एनआईसी डिबेन्चर’ नाम ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

एनआईसी एसिया बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबीएल डिबेन्चर’ नाम ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

राष्ट्रिय वाणिज्य बैंकको यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS