IME Life New

तीनकुने घटनाः नेपाल प्रहरीले माग्यो फोटो, भिडियो र संलग्न व्यक्तिको विवरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाको अनुसन्धान गर्न सूचना उपलब्ध गराइदिन आग्रह गरेको छ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार एउटा पोस्ट हाल्दै प्रहरीले यस्तो आग्रह गरेको हो। फोटो, भिडिओ र संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।

Esewa
Crest

‘चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरुसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध छ’, सूचनामा भनिएको छ।

त्यस्ता सूचना र सूचनाकर्ताको गोपनीयता कायम राखिने प्रहरीको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS