IME Life New

अझै लागू भएन बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कारोबारका क्रममा ग्राहक वा बीमितको राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्यरूपमा समावेश गर्न नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशन बीमकले लागू गरेका छैनन्।

गृह मन्त्रालयले गत असार १० गते नेपाल राजपत्र भाग ५ मा बैंकिङ तथा वित्तीय सेवा प्रवाहमा माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सूचना प्रकाशन गरेको थियो। यसै सूचनाका आधारमा प्राधिकरणले इजाजत प्राप्त सम्पूर्ण बीमकलाई पनि बीमा कारोबार, मध्यस्थकर्ता दर्ता, नविकरण, दाबी भुक्तानीमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको थियो। साथै, प्राधिकरणले व्यक्तिगत परिचयपत्रका रुपमा नागरिकता प्रमाणपत्रको साटो राष्ट्रिय परिचयपत्र स्वीकार गर्नसमेत निर्देशन दिएको थियो।

Esewa
Crest
बीमा प्राधिकरणले २०८१ असार १५ गते बीमकलाई जारी गरेको परिपत्र

बैंक तथा वित्तीय संस्थामा सेवाका लागि ग्राहक स्वतःस्फुर्त जाने भएकाले त्यहाँको नियम पालना गर्न इच्छुक देखिन्छन् वा सुविधाबाट वञ्चित हुने भयले बाध्य हुन्छन्। तर, अधिकांशले जीवन बीमा चाहिँ स्वतःस्फुर्त रुपमा नगर्ने भएकाले ग्राहक पहिचान प्रक्रिया पूरा गर्न, राष्ट्रिय परिचयपत्र पेस गर्न वा ठूलो बीमांकको जीवन बीमाका लागि विस्तृत स्वास्थ्य परीक्षण गराउन अनिच्छुक देखिने प्रवृत्ति देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS