IME Life New

बीमा कम्पनीमा ८ महिना थपिए साढे ५०० जनशक्ति, शाखा संख्या पनि बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले जनशक्ति बढाउँदै लगेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना फागुनसम्मको तथ्यांकले यस्तो देखिएको हो।

हाल १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, ४ वटा लघु निर्जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन्। यी कम्पनीमा चालु आर्थिक वर्षको ८ महिनामा झन्डै थप साढे ५०० कर्मचारीले रोजगारी पाएका छन्।

Esewa
Crest

समीक्षा अवधिसम्म बीमा कम्पनीहरुमा १२ हजार ९५ कर्मचारी कार्यरत छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुमा ११ हजार ५५५ कर्मचारी कार्यरत थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५४० जना कर्मचारी थपिएका छन्।

चालु आर्थिक वर्षको फागुनसम्म जीवन बीमकमा ६ हजार ७४ र निर्जीवन बीमकमा ६ हजार २१ कर्मचारी कार्यरत रहेका छन्। अघिल्लो वर्ष फागुनसम्म जीवन बीमकमा ५ हजार ८२२ र निर्जीवन बीमकमा ५ हजार ७३३ जना कर्मचारी कार्यरत थिए। अघिल्लो वर्षको तुलनामा जीवन बीमकमा ४.३३ प्रतिशत र निर्जीवन बीमकमा ५.०२ प्रतिशतले कर्मचारी संख्या बढेको छ।

प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म जीवन र निर्जीवन बीमा कम्पनीको शाखा संख्या बढेको छ। समीक्षा अवधिसम्म जीवन बीमकको कार्यालय संख्या ०.२२ प्रतिशतले बढेर १ हजार ८४५ मा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकको कार्यालय संख्या १ हजार ८४१ वटा थियो।

यसैगरी चालु आर्थिक वर्षको फागुनसम्म निर्जीवन बीमकको कार्यालय संख्या ५.१३ प्रतिशतले बढेर १ हजार १४७ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कार्यालय संख्या १ हजार ९१ वटा रहेको थियो।

समीक्षा अवधिसम्म बीमा कम्पनीहरुका देशभर प्रधान, क्षेत्रीय, शाखा र उपशाखा कार्यालय गरेर २ हजार ९९२ वटा रहेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म २ हजार ९३२ वटा कार्यालय रहेका थिए। समग्रमा अघिल्लो वर्षको तुलनामा कार्यालय संख्या २.०५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS