IME Life New

अमेरिकामा फर्जी दाबीमार्फत अपांगता बीमाको २ करोड झ्वाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक अमेरिकी दम्पतीले फर्जी दाबी पेस गरेर अपांगता बीमाको डेढ लाख डलर (२ करोड ५ लाख रुपैयाँबराबर) झ्वाम परेका छन्।

अमेरिकाको मिचिगानस्थित डेट्रोइट सहरमा बसोबास गर्ने दम्पतीले फर्जी दाबीमार्फत अपांगता बीमाको रकम हात पार्न सफल भएका हुन्। उनीहरुविरुद्ध मिचिगान महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउन सिफारिस गरेको छ।

Esewa
Crest

बीमा धोकाधडीमा संलग्न दम्पतीमा टुकुवा योङ र उनका पति ब्रान्डन योङ रहेका छन्। उनीहरुविरुद्धको मुद्दाको सुनुवाइ जिल्ला अदालत डेट्रोइटमा हुनेछ।

महान्यायाधिवक्ताको कार्यालयले टुकुवा योङले ३ वटा फर्जी दाबीमार्फत बीमा कम्पनीबाट ५५ हजार ९५२.७० डलर भुक्तानी लिन सफल भएकी थिइन्। ब्रान्डन योङमाथि पनि अपांगता बीमाको २ वटा फर्जी दाबीमार्फत ७० हजार ४३४ डलर भुक्तानी लिएको आरोप छ। यी सबै भुक्तानी सन् २०१६ देखि सन् २०२२ बीचको हो। टुकुवा फेरि थप विभिन्न कम्पनीमा फर्जी दाबी पेस गरेर २३ हजार १०५.७३ डलर भुक्तानी लिएकी थिइन्।

योङ दम्पतीले आफूहरु अपांगता भएको र सामूहिक रुपमा घरबाटै काम गरिरहेको फर्जी कागजात पेस गरेका थिए। जुन पछि अनुसन्धानका क्रममा झुटो साबित भएको थियो।

यो दम्पतीविरुद्धको मुद्दामाथि यही मार्च २८ र अप्रिल ७ मा अदालतमा सुनुवाइ हुने मिति तय गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS