IME Life New

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ नतिजा यी तरिकाबाट हेर्न सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ आज मंगलबार बाँडफाँड भएको छ। कम्पनीको आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने क्यापिटलको भनाई छ । आइपीओ नतिजा सार्वजनिक भएपछि सीडीएस एन्ड क्लियरिङले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटबाट https://iporesult.cdsc.com.np/  बिक्री प्रबन्धकको वेबसाइट  https://nmbcl.com.np/ipo र मेरो शेयरको वेबसाइटबाट https://meroshare.cdsc.com.np/#/login नतिजा हेर्न सकिने छ ।

प्रभु क्यापिटलका अनुसार यो आइपीओमा २० लाख ५६ हजार ५७६ आवेदकबाट २ करोड ४५ लाख २९ हजार ५९० कित्ता शेयरका लागि खरिद आवेदन परेको छ। जसमा १८ लाख ४८ हजार २९८ आवेदकबाट परेको २ करोड १२ लाख ८२ हजार २४० कित्ता शेयर सदर भएको छ। बाँकी २ लाख ८ हजार २७८ आवेदकबाट परेको ३२ लाख ४७ हजार ३५० कित्ता शेयर बदर भएको छ।

Crest

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदकमध्ये १७ लाख ६९८ जनाको हात खाली भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS