IME Life New

बैंकहरुको ध्यान असुलीमा, निष्क्रिय कर्जा झनै बढ्ने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बैंकहरु कर्जा असुलीमा केन्द्रित भएका छन्। यद्यपि अहिलेसम्मको अवस्थाले बैंकहरुको निष्क्रिय कर्जा झनै बढ्ने देखाएको छ।

ब्याजदर घटे पनि कर्जा असुली र लगानी विस्तार प्रभावकारी नभएपछि तनाव र दबाबमा रहेका बैंकरहरुले असुलीलाई जोड दिन थालेका हुन्। बैंकहरुले विगतमा नउठेका कर्जा तथा नियमित आउनुपर्ने साँवा र ब्याज असुल्नमा बल लगाउन थालेका छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण राम्रो बनाउनका लागि उनीहरु लागेका हुन्। यद्यपि कर्जा असुलीमा अपेक्षित सुधार भने नदेखिने अनुमान गरिएको बैंकरहरुले बताएका छन्।

Esewa
Crest

उसो त चैतमा बैंकहरु असुलीमै केन्द्रित हुन्छन्। तर, यसपटक नयाँ व्यवसाय विस्तारका लागि कुनै उपाय नलागेपछि बैंकहरुले असुलीतर्फ नै ध्यान दिएका छन्। बैंकहरुले असुलीलाई प्राथमिकताका साथ अगाडि बढाए पनि सुधार भने हुन सकेको छैन। त्यसकारण निष्क्रिय कर्जा झनै बढ्ने देखिएको एक बैंकरले बताए।

निर्माण र होटल क्षेत्रलगायतका क्षेत्रको ऋण असुली बढी प्रभावित भएको छ। यद्यपि, यी क्षेत्रमा अहिले कर्जा विस्तारमा सुधार भइरहेको छ। राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचना सुविधा अवधि सकिसकेको छ। तर, पनि कर्जा असुलीमा सुधार हुन सकेको छैन।

मौद्रिक नीतिमार्फत निर्माण क्षेत्रलाई ऋण तिर्न अवधि मंसिर मसान्तसम्मका लागि दिएको थियो। तर, अहिलेसम्म पनि असुलीमा सुधार हुन नसकेपछि निष्क्रिय कर्जा झनै बढ्ने देखाएको ती बैंकर बताउँछन्।

पछिल्लो समय कर्जाको माग बढ्न सकेको छैन। जसले कर्जाको वृद्धिमा पनि सुस्तता छाएको छ। बैंकहरुले नयाँ लगानी गर्न सकेका छैनन्। जसका कारण बैंकमा लगानीयोग्य रकम ७ खर्ब हाराहारी थुप्रिएको छ भने ब्याजदर पनि घटेर न्यूनतम विन्दुमा छ। तर, पनि अहिले कर्जा वृद्धि हुन सकेको छैन।

निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र चलायमान बनाउनेतर्फ अग्रसर हुन सकिए कर्जा पनि बढ्ने र असुली पनि बढ्ने बैंकर बताउँछन्। चालु आर्थिक वर्षको माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँ (५.६ प्रतिशत)ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ (४.१ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ।

यसबीचमा बैंकको आधारदर तथा कर्जाको ब्याजदर दुवै घटेको छ। २०८१ माघमा वाणिज्य बैंकहरुको औसत आधारदर ६.४६ प्रतिशत, विकास बैंकहरुको ८.५२ प्रतिशत र वित्त कम्पनीहरुको ९.३९ प्रतिशत रहेको छ। २०८० माघमा वाणिज्य बैंकहरुको औसत आधारदर ९.०६ प्रतिशत, विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत थियो।

त्यसैगरी २०८१ माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.५५ प्रतिशत, विकास बैंकहरुको ९.९० प्रतिशत र वित्त कम्पनीहरुको १०.८८ प्रतिशत रहेको छ। २०८० माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.०८ प्रतिशत, विकास बैंकहरुको १२.८५ प्रतिशत र वित्त कम्पनीहरुको १३.९३ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS