IME Life New

सञ्चारमन्त्री गुरूङको दाबी, कुलमानलाई हटाउने बारे निर्णय नै भएको छैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार मन्त्री परिषदको सोमबार साँझ बसेको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त र हितेन्द्रदेव शाक्यको नियुक्तिको खबर सञ्चारमाध्यममा भाइरल भइरहँदा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले बैठकमा घिसिङबारे कुनै निर्णय नै नभएको दाबी गरेका छन् ।

मन्त्री परिषद बैठक पछि बाहिरिएका सञ्चारमन्त्री गुरूङसँग बालुवाटार परिसरमा पत्रकारले कुलमान घिसिङलाई हटाएको भन्ने खबर छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासमा सञ्चारमन्त्री गुरूङले भने, कसले कुलमान घिसिङले भन्या ?( पत्रकारः होइन, होइन श्रोतले भनेको हो) ख्वै हाम्रो सरकारलाई त थाहा छैन।

Esewa
Crest

उनले बैठक पछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री परिषद् बैठकले बेपत्ता र सत्य निरूपण आयोगको पदाधिकारीको नाम सिफारिश गर्ने समितिको म्याद थप गर्ने लगायत जम्मा तीनवटा एजेण्डामा बैठकले निर्णय गरेको जानकारी गराए।

सञ्चारमन्त्री गुरूङले सिफारिश समितिको म्याद सकिएकाले पुनः  बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिश गर्न  पूर्व प्रधानन्यायाधिश  ओम प्रकाश मिश्र, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा सदस्य, पूर्वमहान्यायाधिवक्ता खम्ब बहादुर खाती, संखुवासभा डा. अर्जुन कुमार कार्की, इष्टलता तामाङ गोरखा सदस्य रहेको सिफारिश समिति गठन गर्ने निर्णय भएको छ।

यसका साथै मन्त्री परिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिश गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पाैडेलको संयोजकत्वमा तीन सदस्यीय समितिको गठन गर्ने निर्णय गरेको छ।

चैत्र १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंकक आयोजना हुने छैठाैं विमस्टेक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको सहभागिता रहने प्रस्ताव मन्त्री परिषद बैठकले स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

36%
amazed

अचम्मित

0%
excited

उत्साहित

64%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS