IME Life New

एनआईसी एशिया󠆫 बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले नजिकिदै गरेको नयाँ वर्ष विक्रम संवत २०८२ सालको हार्दिक शुभकामनासहित आकर्षक साजसज्जामा डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरु नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ सरल तथा सहज सुविधाको लागि भनेर डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।

डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरिनुका साथै आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरुसहित बैंकको नयाँ बनेका भवनहरुको तस्बिरहरुसहित वाल तथा टेबल क्यालेन्डरको आकारमा उक्त डिजिटल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS