IME Life New

एलन मस्कको कम्पनी टेस्लाले बजारबाट फिर्ता मगायो सबै साइबर ट्रक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै धनीव्यक्ति एलन मस्कको इलेक्ट्रिक कार निर्माता टेस्ला कम्पनीले बजारबाट सबै साइबर ट्रक फिर्ता मगाएको छ।

बाहिरी प्यानलमा आएको समस्याका कारण टेस्लाले बजारबाट सबै साइबर ट्रक फिर्ता मगाएको हो। यस मोडलको फिर्ता मगाइएको यो आठौँ र सबैभन्दा ठूलो हो।

Esewa
Crest

कम्पनीले बजारबाट फिर्ता मगाएको ४६ हजार साइबर ट्रकमा सबै मोडल समावेश छन्। जुन सन् २०२३ नोभेम्बर १३ देखि २०२५ फेब्रुअरी २७ सम्म बनेका साइबर ट्रक छन्। कम्पनीले साइबर ट्रकको उत्पादन पहिलोपटक सन् २०२३ नोभेम्बर १३ मा गरेको थियो।

अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए)ले आफ्नो प्रतिवेदनमा साइबर ट्रकको विन्डशिल्डको दायाँ र बाँया लगाइएको बाहिरी प्यानल ड्राइभिङका क्रममा छुट्टिन सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS