IME Life New

नेपाल वायुसेवाका चिनियाँ विमान ४ वर्षदेखि थन्किए, न बिक्छ न त उड्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमको स्वामित्वमा रहेको ५ वटा चिनियाँ विमान लामो समयदेखि त्रिभुवन विमानस्थलमै थन्किएका छन्। निगमको स्वामित्वमा रहेका प्रयोजनविहीन २ एमए–६० र ३ वाई–१२ मोडलका विमान सन् २०२० देखि नै त्रिुवन विमानस्थलमा थन्काएर राखिएका छन्।

वायुसेवा निगमको सञ्चालक समितिले चिनियाँ विमानका बारेमा के गर्ने भन्ने विषयमा कुनै निर्णय लिन सकेको छैन। यी विमानको विषयमा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पनि निगमलाई कुनै निर्देशन दिन सकेको छैन।

Esewa
Crest

चीनमा निर्मित विमानको सञ्चालन लागत उच्च भएको कारण जनाउँदै यसलाई सन् २०२० देखि नै विमानस्थलमा थन्काइएको हो। चार वर्षदेखि विमानस्थलमा थन्काइएका विमानको पार्किङ र अन्य शुल्कका कारण निगमले अनावश्यक व्ययभार व्यहोर्नुपरेको छ।

सन् २०२२ मा निगमले विमान भाडामा दिनका लागि दुईपटक अन्तर्राष्ट्रय बोलपत्र आह्वान गरेको थियो। तर, अपेक्षित प्रस्ताव नपाएपछि यो प्रयास असफल भयो।

त्यसैगरी सन् २०२३ मा एउटा अमेरिकी कम्पनीले बिक्री अभियानको तयारीका लागि ५ वटा विमानको मूल्यांकन जम्मा २२ करोड रुपैयाँ गर्यो। खरिद मूल्य र विमानको अवस्थाका कारण विमानको प्रस्तावित मूल्य ज्यादै न्यून भएको भन्दै वायुसेवाले बिक्री गर्न अस्वीकार गरेको थियो।

चिनियाँ सरकारले सरकारी स्वामित्वको एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइनामार्फत यी ५ वटा विमान आपूर्ति गरेको थियो। ती विमान बेच्दा चीनले कुल ६ अर्ब ६६ करोड रुपैयाँ अनुदान र बाँकी रकम सफ्ट लोनका रुपमा उपलब्ध गराएको थियो।

साँवा र ब्याज भुक्तानीका लागि चीनले दिएको सहुलियत अवधि ७ वर्षको छुट्टी २०२१ मा समाप्त भयो। वायुसेवा र नेपाल सरकारले कुनै भुक्तानी गरेका छैनन् र चिनियाँहरुले यसका लागि ताकेतासमेत गरेका छैनन्। नेपाल एयरलाइन्सले विभिन्न कर्मचारी सञ्चयकोष, नेपाल सरकारलगायतका ऋणदातालाई करिब ५० अर्ब रुपैयाँ ऋण चुक्ता गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS