IME Life New

बैंकमा तरलता थुप्रेको थुप्रै, व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न निकै सकस परिरहेको छ।

लामो समयदेखि बैंकिङ प्रणाली तरलता फलाफाल रहेको छ। बैंकहरुको कर्जा प्रवाह सुस्त नै छ। निक्षेप संकलन भने बढेको बढ्यै छ।

Esewa
Crest

पुराना कर्जा व्यवस्थापनमा बैंकहरु लाग्दा नयाँ कर्जा प्रवाहले गति लिन सकेको छैन। खराब कर्जा बढ्नुका साथै गैरबैंकिङ सम्पत्ति थुप्रिँदा बैंकहरु थप दबाबमा परिरहेका छन्।

राष्ट्र बैंकले पछिल्लो समय लिएको नीति व्यवस्थाका कारण निजी क्षेत्र कर्जा लिन त्यति उत्साहित देखिएका छैनन्। जसका कारण बैंकहरुबाट जाने कर्जा पनि खासै बढ्न सकेको छैन।

बैंकिङ प्रणालीमा तरलता थुप्रिएसँगै राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ। बैंकहरु पनि न्यून ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

त्यसो त राष्ट्र बैंकले पनि आफू तान्न खोजेको जति पैसा बैंकिङ प्रणालीबाट खिच्न सकेको देखिँदैन। चालु आर्थिक वर्षको हालसम्म राष्ट्र बैंकले ५८ पटक निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तानिसकेको छ। पछिल्लो ५७ वटा बोलकबोलको तथ्यांक हेर्दा राष्ट्र बैंकले तान्न खोजेको पैसाको एक तिहाइ मात्रै उठाउन सकेको देखिन्छ।

पछिल्लो ५७ वटा निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत २९ खर्ब २५ अर्ब बैंकिङ प्रणालीबाट तान्न खोजेको थियो। तर, बैंकहरुले यी बोलकबोलमार्फत २० खर्ब २८ अर्ब ८० करोड रुपैयाँमात्रै राष्ट्र बैंकलाई दिएका छन्।

हालसम्मको बोलकबोल हेर्दा निक्षेप संकलन बोलकबोलको औसत ब्याजदर भने ३ प्रतिशतभन्दा तल नै रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS