IME Life New

नेपालमा दिगो विकास परियोजनाका लागि रु. ६ अर्ब लगानी गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायती बहुर्राष्ट्रिय वाणिज्य बैंक स्ट्यान्डर्ड चार्टर्डले नेपालको दिगो विकास परियोजनाको प्रवर्द्धनमा ४० मिलियन युरो (करिब ६ अर्ब ४ करोड ४७ लाख रुपैयाँ) लगानी गर्ने भएको छ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार ८ वर्षे सामाजिक ऋणपत्रले मुख्यतया साना र मध्यम आकारका उद्यम (एसएमई) लाई ऋण प्रदान गर्ने, वित्तमा पहुँच सुनिश्चित गर्ने, रोजगारी सिर्जना गर्न मद्दत गर्ने र महिला स्वामित्वमा रहेका एसएमईलाई सशक्तीकरण र पालनपोषण गर्ने सुविधा प्रदान गर्नेछ।

Esewa
Crest

पहिलो सामाजिक ऋणपत्र जारी गरेको स्ट्यान्डर्ड चार्टर्डले नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश र अन्य उदयीमान अर्थतन्त्रको विकासमा लगानी गर्ने घोषणा गरेको छ। यसले हालैमात्र १ अर्ब युरो (करिब १ खर्ब ५१ अर्ब ११ करोड ८० लाख रुपैयाँ) सामाजिक ऋणपत्रमार्फत जुटाएको छ।

यो पुँजीमध्ये ठूलो हिस्सा भारतमा लगानी गर्नेछ। बैंकका अनुसार भारतको अर्थतन्त्र प्रवर्द्धनका लागि ऋणपत्रमार्फत संकलित रकममध्ये ५७ प्रतिशत लगानी गरिनेछ। यसबाहेक बंगलादेश (६ प्रतिशत), मलेसिया (१० प्रतिशत) र मेनल्यान्ड चीन (५ प्रतिशत) लगानी गर्ने योजना छ।

स्वास्थ्य र शिक्षालगायत आवश्यक सेवामा पहुँचलाई पनि वित्तपोषण गर्नेछ र बैंकको दिगो ऋण संरचनामा तोकिएका सामाजिक गतिविधिअनुरुप किफायती आधारभूत पूर्वाधार र खाद्य सुरक्षामा लगानीलाई सहज बनाउनेछ।

विज्ञप्तिमा भनिएको छ, ‘दिगो विकासलाई सहज बनाउन, व्यवसाय र समुदायमा लचिलोपन निर्माण गर्न र दिगो विकासलाई सहज बनाउन उदीयमान बजारमा वार्षिक ४ खर्ब २० अर्ब अमेरिकी डलर लगानी आवश्यक छ। समावेशी, दीर्घकालीन समृद्धिका लागि महत्वपूर्ण परिणामतर्फ वित्त प्रवाहित गर्दै यो खाडललाई पूरा गर्न यी बजारमा निजी क्षेत्रको पूँजी परिचालन आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS