IME Life New

तस्करी हुन लागेको २५ करोडबराबरको विदेशी मुद्रा समात्न प्रहरी सफल, ट्रकसहित एक व्यक्ति पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। चीनतर्फ तस्करी हुन लागेको २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रा समात्न प्रहरी सफल भएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट ना ७ ख १६५२ नम्बरको ट्रकबाट तस्करी हुन लागेको २५ करोड रुपैयाँबराबरको युरो र अमेरिकी डलर सोमबार राति नियन्त्रणमा लिन सफल भएको हो। ठूलो परिमाणको विदेशी मुद्रासहित प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४३ वर्षीय कुसान लामालाई पनि पक्राउ गरेको छ।

Esewa
Crest

ट्रक रसुवाको केरुङतर्फ जाँदै गरेको थियो। केरुङबाट उक्त विदेशी मुद्रा चीनतर्फ तस्करी हुन लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका व्यक्ति र बरामद विदेशी मुद्रा मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले विदेशी मुद्रा बरामद गरेको हो।

लामा यसअघि पनि ५ वर्ष सुन तस्करी प्रकरणमा जेल परेका व्यक्ति हुन्। यसपालि तस्कर समूहले नेपालबाट चीनसम्म विदेशी मुद्रा तस्कर गर्न लामालाई भरियाका रुपमा प्रयोग गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

पक्राउ परेका लामालाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS