IME Life New
GBIME

बैंकहरुले सामाजिक उत्तरदायित्व कोषको रकम कहाँ खर्च गर्न पाउने/नपाउने ? (सूचीसहित)

SPIL
Global College
Nepal Life

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब सामाजिक उत्तरदायित्व कोष (एसआरएफ)मा जम्मा भएको रकमको कम्ती ६० प्रतिशत चालु आर्थिक वर्ष (आव)मै खर्च गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था कायम गर्न निर्देशन दिएको हो। अब राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्त संस्थाले प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था संशोधित निर्देशनमार्फत गरिएको छ।

Crest

बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी विविध कार्य गर्ने र कोष सञ्चालन गर्ने सम्बन्धमा कार्यविधि बनाई लागुगर्नुपर्नेछ। उक्त कार्यविधिमा कम्तीमा निम्न विषयहरु समावेश गनुपर्नेछः

  • कोषको रकम खर्च गर्ने अख्तियारी,
  • कार्यक्रम छनौट तथा प्रस्ताव मूल्यांकन गर्ने आधार,
  • कार्यक्रमको विविधीकरणका आधार,
  • भौगोलिक रुपमा कार्यक्रमको वितरणको आधार,
  • आपसी स्वार्थ रहित कार्यक्रम छनौट हुने आधार ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्न सकिने क्षेत्र

संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट देहायबमोजिमका क्षेत्रमा खर्च गर्न सकिनेछ।

शिक्षा

  • सरकारी तथा सामुदायिक विद्यालय तथा कलेजको भौतिक संरचना निर्माण, मर्मत तथा पुनः निर्माण ।
  • विद्यालय तथा कलेजमा अध्ययनरत गरीब, पिछडिएको वर्ग तथा अपाङ्गता भएका जेहेन्दार विद्यार्थीलाई दिइने छात्रवृत्ति ।
  • सरकारी तथा सामुदायिक विद्यालय तथा कलेजलाई वितरण गरिने कम्प्युटर, प्रोजेक्टर, इन्टर्याक्टीभ स्मार्ट बोर्ड, ह्वाइट वा ब्ल्याक बोर्ड, पुस्तक लगायतका शैक्षिक सामग्री तथा विद्यालयका लागि आवश्यक हुने अन्य फर्निचर, फिक्स्चर लगायतका सामग्री ।
  • सरकारी तथा सामुदायिक विद्यालय तथा कलेजमा शुद्ध पिउने पानीको व्यवस्था, शौचालय निर्माण वा सुधार, स्यानिटरी प्याड डिस्पेन्सर, स्यानिटाइजर डिस्पेन्सर, मास्क डिस्पेन्सर, प्राथमिक उपचार लगायतका स्वास्थ्य तथा सरसफाईसम्बन्धी आधारभूत सामग्री ।

स्वास्थ्य

  • सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने स्वास्थ्य उपकरण तथा सामाग्री ।
  • सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा शुद्ध पिउने पानीको व्यवस्था, शौचालय निर्माण वा सुधार, स्यानिटरी प्याड डिस्पेन्सर, स्यानिटाइजर डिस्पेन्सर, मास्क डिस्पेन्सरलगायतका आधारभूत स्वास्थ्य तथा सरसफाई सामग्री ।
  • न्यून आय भएका नागरिकको जटिल स्वास्थ्य समस्याको उपचारका लागि कुनै अस्पतालसँग गरिने सहकार्य ।
  • निम्न वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक हुने बैशाखी, ह्वील चियर, मेडिकल बेड, जभबचष्लन बष्म, जस्ता जीवनोपयोगी सामग्री ।
  • निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन ।
  • विभिन्न महामारी तथा प्राकृतिक प्रकोपका समयमा आउन सक्ने चुनौतीको सामना गर्न जनस्वास्थ्यका पूर्वाधार निर्माण ।
  • अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक भ्याक्सिन, औषधी आदिको सहज आपूर्तिको लागि प्रत्यक्ष रुपमा गरेको खर्च ।
  • स्वास्थसँग सम्बन्धित सरकारी तथा सामुदयिक अस्पतालको पूर्वाधार निर्माण तथा सुधारका लागि गरिने खर्च ।
  • वित्तीय क्षेत्रका कर्मचारी, कर्मचारीका परिवार एवं सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन । तर, इजाजतपत्रप्राप्त संस्थाले आफ्नो सेवा प्रवर्धनका लागि गरेको कुनै अस्पातसँगको सम्झौताको आधारमा गरिने खर्चलाई भने यस अन्तर्गत समावेश गर्न पाइने छैन ।

मानवीय सहयोग तथा राहात

  • ट।घ।ज्ञ। भूकम्प, बाढी, पहिरो, आँधीहुरी, आगलागी लगायतका प्राकृतिक विपत्तिका पीडितलाई वितरण गरिने लत्ता कपडा, खाद्यान्न, औषधी, टेन्ट, भाँडा लगायतका बन्दोबस्तीका सामग्री ।
  • व्यावसायिक रुपमा स्थापना भएका बाहेकका सम्बन्धित सरकारी निकायबाट स्वीकृति वा मान्यता प्राप्त वृद्धाश्रम, बालगृह, मानव बेचविखनमा परेकालाई उद्धार गरी संरक्षण गर्ने संस्था लगायतका सामाजिक संस्थालाई गरिने सहयोग ।
  • कुपोषण भएका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदा हुने खर्च ।

वातावरण

  • सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिई शहरी वन विकास तथा सार्वजनिक स्थानमा गरिने वृक्षारोपण ।
  • सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिई सार्वजनिक स्थलमा राखिने वातावरणसम्बन्धी जानकारी दिने सूचनामूलक सामग्री ।
  • वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धिको लागि चेतनामूलक सामग्री निर्माण तथा प्रसारण ।
  • सार्वजनिक स्थलमा फोहोरमैला संकलनका लागि राखिने फोहोरदानी ।
  • लोपोन्मुख वन्यजन्तु संरक्षणसँग सम्बन्धित कार्य ।
  • प्रदूषण न्यूनीकरण तथा नियन्त्रण गर्न गरिने वातावरणीय परियोजना ।
  • वातावरणीय प्रभाव न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा गरिने पूर्वाधार निर्माण ।
  • प्रदूषित नदी नालाको पानी प्रशोधनका लागि निर्माण गरिने पूर्वाधार ।
  • हिमालमा जम्मा भएका फोहर व्यवस्थापनका लागि गरिने कार्य ।

वित्तीय साक्षरता

  • वित्तीय सचेतनामूलक श्रब्य दृश्य सामग्री निर्माण तथा प्रसारण खर्च ।
  • वित्तीय साक्षरता अभिवृद्धिका लागि ज्ञानवर्धक सामग्रीको निर्माण तथा वितरण ।
  • वित्तीय साक्षरताको लागि प्रदेश तथा स्थानीय निकायसँग गरिने सहकार्य ।
  • वित्तीय साक्षरताको लागि स्कुल कलेजसँग गरिने सहकार्य ।
  • बैंकिङ क्षेत्रसँग अभ्यस्त नभएका लक्षित समुदायमा वित्तीय साक्षरता अभिवृद्धिका लागि गरिने कार्य ।
  • डिजिटल वित्तीय कारोबार सम्बन्धी सचेतना अभिबृद्धिका लागि गरिने तालिम कार्यक्रम ।
  • नगदरहित कारोबार, प्रविधिको प्रयोग एवम् बिद्युतीय कारोबार सम्बन्धमा जनचेतना अभिवृद्धिमा गरिनेप्रवर्धनात्मक खर्च ।
  • नेपाल राष्ट्र बैंकले जारी गरेको फाइनान्सियल लिट्रेसी फ्रेमवर्कअनुसारका लक्षित वर्गका लागि प्रदान गरिने दुई दिन वा सो भन्दा लामो अवधिको तालिम कार्यक्रम सञ्चालन गर्दा लाग्ने खर्च ।

दिगो विकास लक्ष्य

  • दिगो विकास लक्ष्य २०१६–२०३० ले पहिचान गरेका क्षेत्रहरुमा तोकिएका लक्ष्यहरुको प्राप्तिमा सहयोग हुने गरी गरिने खर्च ।

अन्य

  • ट्राफिक व्यवस्थापन तथा यात्रु प्रतिक्षालय, सडकबत्ती, सार्वजनिक शौचालयलगायतको निर्माण, पुनः निर्माण तथा संरक्षणमा गरिने खर्च ।
  • ‘खोलौं बैंक खाता अभियान’ अन्तर्गत खोलिएका खातामा बैंक तथा वित्तीय संस्थाका तर्फबाट जम्मा गरिएको प्रति खाता रु. १०० (एक सय) सम्मको खर्च रकम ।
  • राष्ट्रिय महत्वको आविष्कार केन्द्रलाई प्रदान गरिने रकम ।
  • खेलकुद क्षेत्रको विकासका लागि आवश्यक खेलकुद सम्बन्धी पूर्वाधारमा गरेको लगानी ।
  • राष्ट्र बैंकले समय–समयमा तोकिदिएको अन्य क्षेत्रहरुमा गरिएको खर्च ।

प्रदेशगत खर्च

  • बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (जस्तैः शिक्षा, स्वास्थ्य आदि) मा मात्र सीमित नभई आफनो कार्यक्षेत्रभित्रका भौगोलिक क्षेत्रमा जीवन रक्षा, सार्वजनिक हित तथा परोपकार कार्यलाई प्राथमिकतामा राखी न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
  • वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टाएको रकमलाई प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्नेछ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नपर्ने कार्य इजाजतपत्रप्राप्त संस्थाले गरेका देहायबमोजिम खर्चहरुलाई संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गतको खर्चमा समावेश गर्न पाइने छैनः

  • संस्थाको ब्राण्ड प्रवर्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियान।
  • विभिन्न कार्यक्रमहरुको प्रायोजन, राजनीतिक दलका कार्यक्रमलाई गरिएको सहयोग।
  • नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, ¥याली तथा विज्ञापन जस्ता कार्यहरुमा गरिएको खर्च ।
  • संस्थापक शेयरधनी, सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका खर्च ।
  • व्यापार विस्तारको सर्त राखी गरिएका खर्च ।
Circular-10-CSR-for-ABC-Final

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS