काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशलमव १४ अंकले घटेर २,७०४ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयरं कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले. ९ दशलमव ८६ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ६३ प्रतिशतका दरले गुमाएका हुन् ।