IME Life New

बीमा नियमावलीमा अन्डराइटिङ सम्बन्धी प्रोफेसनल सेवाको व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियमावली, २०८१ मा जोखिमांकनसम्बन्धी सेवा उपलब्ध गराउने विशिष्टीकृत संस्था वा विशेषज्ञको पनि परिकल्पना गरिएको छ। बीमकका लागि कुनै जोखिम बीमायोग्य भए नभएको यकिन गरिदिने काम बीमा अन्डराइटरले गर्नेछ।

बीमा कम्पनीहरुले बीमाको प्रस्तावसँग निहीत जोखिमको अंकलन गर्ने काम बीमकले आफ्नै जनशक्तिको भरमा गर्दै अएका छन्। बीमकसँग उपलब्ध जनशक्तिको अनुभव र योग्यताका आधारमा जे–जति जोखिमांकन सम्भव हुन्छ वा पुनर्बीमकबाट प्राप्त रायका आधारमा जोखिमांकन गर्ने अभ्यास रहँदै अएको छ।

Esewa
Crest

बीमकको विशेषज्ञता नभएको वा उपलब्ध जनशक्तिमार्फत जोखिम अन्डरराइटिङ गर्न नसकिने अवस्थामा बीमकले यस्तो सेवाका लागि तेस्रो पक्ष नियुक्त गर्नसक्नेछ। बिजनेस आउटसोर्सिङमा जस्तै यो सेवामा पनि तेस्रो पक्षका रुपमा सेवा प्रदान गर्ने अन्डरराइटरले बीमक र बीमितको बीचमा रहेर सेवा प्रदान गर्नेछ।

ठूला परियोजनाहरुमा इन्जिनियरिङ बीमाको प्रस्ताव स्वीकार्नुपर्दा परियोजनामा प्रयोग हुने उपकरण, विधि र प्रक्रियाबारे बीमकको उपलब्ध जनशक्तिसँग पर्याप्त ज्ञान नहुँदा न्यून शुल्कमा ठूलो जोखिम व्यहोर्ने जोखिम हुन सक्छ। यस्तो अवस्थामा बीमकले बीमा अन्डरराइटरलाई नियुक्ति गर्नु नै उपयुक्त मानिन्छ।

नियमावलीको दफा ६६ मा बीमायोग्य व्यक्ति वा सम्पत्तिमा निहीत जोखिमको विश्लेषण गरी जोखिमांकन गर्न सो विषयमा विशेषज्ञता हासिल गरेको व्यक्ति तथा संस्थाले प्राधिकरणबाट इजाजतपत्र प्राप्त गर्न सक्ने प्रावधान छ। जोखिमको विश्लेषण गरेर बीमाशुल्क र बीमाका सर्त निर्धारण गर्ने काम पनि बीमा अन्डरराइटरले गर्नेछन्।

बीमा कम्पनीको अन्डरराइटिङ विभागमा लामो समय काम गरिसकेका, पुनर्बीमामा विशेषज्ञता हासिल गरेका वा उच्च व्यवस्थापनमा रहेर बीमा अन्डराइटिङको कामबारे अनुभव हासिल गरेका व्यक्तिले बीमा अन्डराइटरका रुपमा सेवा प्रदान गर्न सक्नेछन्। अन्डरराइटिङ सेवा प्रदायक संस्थामा बीमा अन्डरराइटिङ सम्बन्धित विज्ञता, इन्जिनियरिङ, स्वास्थ्य, पूर्वाधार, जलवायुलगायतको विषयमा समेत विशेषज्ञता भएको जनशक्ति आवश्यक पर्छ। नियमावलीमा बीमा अन्डरराइटरको योग्यताबारे खुलाइएको छैन। यसबारे प्राधिकरणले निर्देशिका वा मार्गदर्शनमार्फत प्रस्ट पार्नुपर्छ।

प्राधिकरणले अन्डरराइटरको विशेषज्ञता र क्षमताका अधारमा बीमांकको अधिकतम सीमा निर्धारण गरिदिन सक्छ। जोखिम अन्डरराइट गरेबापत सम्बन्धित सेवा प्रदायकले बीमाशुल्कका आधारमा सेवा शुल्क प्राप्त गर्नेछन्।

बीमा नियमावलीमा अन्डरराइटरको इजाजतपत्र शुल्क ५ हजार रुपैयाँ र नियमन शुल्क १ हजार रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS