IME Life New

आजसम्म शेयर किन्नले साल्ट ट्रेडिङको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्दैछ। भोली फागुन २९ गते, बिहीबार होलीको सार्वजनिक बिदा परेकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले चैत १५ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले नगद लाभांशबापत ३ करोड २० लाख ७१ हजार ६९५.५ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१)को खण्ड (ख)बमोजिम ऋण सुविधा लिने स्वीकृतउपर छलफल गरी पारित गर्नेछ। सभाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितका लागि जम्मा गरेको राहात रकम अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS