IME Life New

महिना दिन भयो बाढीपहिरोको बीमा दाबी-भुक्तानीको ‘नो अपडेट’, यसो भन्छ प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोजको दोस्रो साता देशभर लगातारको वर्षपछि सिर्जित बाढीपहिरोले ठूलो धनजनमा क्षति पुर्याएको थियो। नेपाल बीमा प्राधिकरणले बाढीपहिरोबाट पर्ने बीमा दाबी छिटो र सरल ढंगले भुक्तानी गर्न पनि बीमकहरुलाई निर्देशन दिएको थियो।

प्राधिकरणले हरेक साता बाढीपहिरोको बीमा दाबी र भुक्तानीसम्बन्धी विवरण पेस गर्न बीमकहरुलाई निर्देशन पनि दिएको थियो। बीमकहरुले विवरण पठाएपछि प्राधिकरणले आफ्नो वेबसाइटमा सार्वजनिक पनि गर्दै आएको थियो। तर, पछिल्लो १ महिनादेखि पनि बाढीपहिरोको बीमा दाबी र भुक्तानीसम्बन्धी विवरण प्राधिकरणले अपडेट गरेको छैन।

Esewa
Crest

माघ २३ गतेसम्म बीमकबाट प्राप्त बाढीपहिरोको बीमा दाबी र भुक्तानीको विवरण प्राधिकरणले सार्वजनिक गरेपछि कुनै अपडेट गरेको छैन। त्यतिबेलासम्म १४ वटा निर्जीवन बीमा र ४ वटा निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ७२० वटा दाबी परेको थियो। ती दाबीको कम्पनीहरुले १२ अर्ब ७८ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको थियो।

माघ २३ गतेसम्म बीमकहरुले २ हजार २४९ वटा दाबीको २ अर्ब ५० करोड २० लाख रुपैयाँ भुक्तानी गरेको देखिएको छ। कम्पनीहरुले कुल दाबी गरेको १९.५७ प्रतिशतमात्र भुक्तानी गरेको तथ्यांकबाट देखिन्छ। तथ्यांकअनुसार कम्पनीहरुले अझै १ हजार ५३० दाबीको ९ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

बीमा प्राधिकरणका एक अधिकारीले मंसिर २३ गतेपछि बाढीपहिरोको क्षतिमा बीमा दाबीमा खासै अन्तर नदेखिएकोले अपडेट नगरिएको बताए। ‘थप दाबी खासै परेको देखिएको छैन’, ती अधिकारीले भने, ‘दाबी भुक्तानी भने कम्पनीहरुले गरिरहेका छन्। भुक्तानी चाहिँ बढेको छ।’

अब केही दिनभित्र बाढीपहिरोको दाबी र भुक्तानीसम्बन्धी थप अपडेट प्रकाशन गर्ने तयारी गरिरहेको ती अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS