IME Life New

नेपाल बीमा प्राधिकरणका ६२ थरी निर्देशिका, छैन एकीकृत दस्तावेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको सहज नियमन र संस्थागत सुशासनका लागि विभिन्न विशिष्टीकृत विषयमा बेग्ला बेग्लै निर्देशिका जारी गरेको छ। पचास वर्ष भन्दा लामो इतिहास बोकेको प्राधिकरणले सय भन्दा बढीको संख्यामा निर्देशिकाहरू जारी गरि सकेको छ।

बदलिंदो समय र परिस्थिति अनुसार परिमार्जित र नयाँ निर्देशिका जारी भएपछि पुराना निर्देशिकाहरू खारेज हुन्छन् । प्राधिकरणले जारी गरेकामध्ये पछिल्लो समयमा कुल ६२ वटा निर्देशिका अस्तित्वमा छन् । प्राधिकरणले कहिले एक पाने, कहिले पाँच पाने, कहिले पचास पाने निर्देशिकाहरू एक पछि अर्को गर्दै जारी गरिरहेको छ।

Esewa
Crest

बितेको चार वर्षमा बीमा प्राधिकरणको इतिहासमै संभवत सबैभन्दा बढी निर्देशिकाहरू जारी गरिएका छन् । डिजिटल प्रविधिको प्रयोग, बीमा दाबीमा ठगी, बीमक बीचको अस्वस्थ्य प्रतिस्पर्धा, बीमकको वित्तीय विवरण, जोखिम आधारित पूँजी, कमजोर सुशासन र कानूनी छिद्रलाई नियन्त्रण गर्नका लागि प्राधिकरणले समय सान्दर्भिक निर्देशिका, मार्गदर्शनहरू जारी गरेको छ।

प्राधिकरणले जारी गरेका निर्देशिकाहरूको एकीकृत दस्तावेज तयार नहुँदा निर्देशिकाहरू खोज्न र व्यवस्थापन गर्न प्राधिकरणलाई समेत सकस छ। बीमकले पनि यस्ता दस्तावेज जोगाएर राख्न कठिनाई महशुस गरिरहेका छन्। अर्कोतर्फ फरक फरक निर्देशिकासँग सम्बन्धित विषय वस्तुमा कुनै अध्ययन गर्नुपर्ने अवस्थामा फरक फरक निर्देशिका खोज्नुपर्ने र अध्ययन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। प्राधिकरणले जारी गरेका सबै निर्देशिकाहरू एकीकृत दस्तावेजमा समावेश गरेर एकीकृत निर्देशिका जारी गर्न ढिलो भइसकेको छ।

बैंक तथा वित्तीय संस्थाको नियामक, नेपाल राष्ट्र बैंकले आफ्ना निर्देशन र परिपत्रहरू एकीकृत निर्देशिकामा समावेश गर्दै आएको छ। एकीकृत निर्देशिकामा एउटा निश्चित समयसम्मको सम्पूर्ण निर्देशिकाहरू समावेश गरिएको हुन्छ। एकीकृत निर्देशिका उपलब्ध हुँदा बैंक वित्तीय संस्थालाई कुनै विषयमा निर्णय लिनुपर्दा वा मार्गदर्शन चाहिँदा एकीकृत निर्देशिकाले सहज बनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS