IME Life New

चक्का बिना नै बुद्ध एयरको जहाज धावन मार्गमा अवतरण, उडान सुरक्षामा गम्भीर लापरवाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरबाट बिहीबार काठमाडाैंका लागि उडेको बुद्ध एयरको जहाजको ल्याण्डिङ गियर चक्का फुस्किंदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

जनकपुरबाट बेलुका ४ः४५ बजे उडान भरेको बुद्ध एयरको नाइन एन एएनएच संकेत नम्बरको जहाज काठमाडाैं विमानस्थलमा अवतरणका क्रममा जहाजको नोज ल्याण्डिङ गियर(अघिल्तिरको) एउटा चक्का बिना नै अवतरण गराइएकाले विमान झण्डै पल्टिएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो।

Esewa
Crest
बुद्ध एयरको विमानबाट फुस्किएको चक्का । तस्वीर श्रोतः सामाजिक सञ्जाल

जहाजको चक्का जनकपुर विमानस्थलको धावन मार्गमै फुस्किएको थियो। ६२ यात्रु सवार विमानलाई नोज ल्याण्डिङ गियर बिना नै काठमाडाैं अवतरण गराइएको थियो। यसमा दुइवटा चक्का समानान्तर रूपमा जडान गरिएको हुन्छ। दुईमध्ये एउटा चक्का फुस्किएको हो।

एउटा चक्का फुस्किएको एटिआर ७२ विमानको नोज गियर

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बुद्ध एयरको नाइन एन एएनएच जहाजको एउटा चक्का फुस्किएको पुष्टी गरेका छन् । विमानको अघिलतिरको चक्कालाइ नोज गियर र पछिल्तिरको चक्कालाई ल्याण्डिङ गियर जडान गरिएको हुन्छ। धावन मार्गमा विमान अवतरण गर्ने क्रममा अघिल्तिर र पछिल्तिर दुबै चक्काको सन्तुलनबाट जहाज धावन मार्गमा अवतरण गर्छ। धावन मार्ग तीब्र चाप सहित अवतरण गर्ने भएकाले जहाजको सम्पूर्ण भार ल्याण्डिङ गियरले थेग्नुपर्छ।

गत पुस २२ गते बुद्ध एयरको काठमाडाैंबाट भैरहवाका लागि उडान भरेको जहाजको एउटा इन्जिनमा पनि फ्लेम आउट भएपछि आपतकाल घोषणा गरेर विमान पुनः त्रिभूवन विमानस्थलमै फर्किएको थियो। त्यस अघि गत असार २७ गते काठमाडौंबाट भैरहवामा अवतरण गरेको नाइन एन-एओसी जहाज राति ९ बजेतिर रनवेमा चिप्लिएकाे थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

63%
amazed

अचम्मित

0%
excited

उत्साहित

38%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS