IME Life New

भुक्तानी प्रणालीमा प्रविधि जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकले ल्यायो यस्ता व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा निम्तिन सक्ने प्रविधि जोखिमलाई न्यूनीकरण गर्न विभिन्न व्यवस्था ल्याएको छ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन गर्दै प्रविधि जोखिमलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानीसम्बन्धी व्यवस्थाहरु थप गरेको हो। भुक्तानी प्रणाली संस्थाले प्रयोग गर्ने विभिन्न प्रणालीमा हुनसक्ने साइबर आक्रमण, डेटा कन्फिडेन्टिलिटी ब्रिज, सिस्म भल्नेरिबिलिटिज, सिस्टम अपरेसन्स फेलियर अन्तरआवद्धताबाट उत्पन्न हुने जोखिम, डेटा इन्टिग्रेटीसम्बन्धी जोखिम साथै इन्डस्ट्री स्ट्यान्डर्डस (जस्तै आईओएस २७००१, आईओएस २०२२ मेसेजिङ स्ट्यान्डर्ड आदि) को अनुपालाना नगर्दा उत्पन्न हुन सक्ने जोखिमलगायतका विषयलाई प्रविधि जोखिमका रुपमा परिभाषित गर्नुपर्नेछ।

Esewa
Crest

प्रविधि जोखिमको उचित व्यवस्थापनका लागि यी व्यवस्था अवलम्बन गर्नुपर्नेछ

(क) संस्थाले प्रविधि जोखिमका श्रोतहरु पहिचान गरी त्यसबाट व्यवसायमा पर्न सक्ने असर आँकलन गरी व्यवस्थापनका लागि उपयुक्त उपाय अपनाउनुपर्ने छ।

(ख) संस्थाले प्रयोगमा ल्याएका सफ्टवेयर तथा हार्डवेयर (नेटवर्क उपकरणसहित) को इन्ड अफ लाइफ (ईओएल) अवधि नियमित रुपमा अनुगमन गरी आवश्यकतानुसार अद्यावधिक वा प्रतिस्थापन गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

(ग) संस्थाले प्रयोगमा ल्याएका सफ्टवेयर, हार्डवेयर तथा नेटवर्क पूर्वाधारको आवधिक रुपमा प्राविधिक लेखापरीक्षण गर्नुपर्ने छ।

(घ) संस्थाले साइबर जोखिम आइडेन्टिफिकेसन, प्रोटेक्सन, डिटेक्सन, रेस्पोन्स तथा रिकभरी, सिच्युएस्नल अवेरनेस र सुरक्षित प्रणालीको निरन्तर विकास, कारोबार मेसेजिङ स्ट्यान्डर्ड, इन्क्रिप्सन स्ट्न्याडर्ड तथा विद्युतीय कारोबारमा आउने जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थित बनाउनका लागि नीति तथा कार्यविधि तर्जुमा गर्दा यस बैंकले जारी गरेको साइबर रिसाइलेन्स गाइडलाइन्सलाई मार्गदर्शनको रुपमा लिनुपर्ने छ।

(ङ) संस्थाले फ्रड डिटेक्सन तथा व्यवस्थापनका लागि आर्टिफिसियल इन्टिलिजेन्स (एआई वा मेसिन लर्निङ (एमएल)मा आधारित फ्रड रिस्क म्यानेजमेन्ट प्रणालीहरु अवलम्बन गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS