IME Life New

राष्ट्र बैंकले गर्यो भुक्तानी प्रणालीसम्बन्धी निर्देशनमा संशोधन, यस्ता छन् संशोधित व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमा राष्ट्र बैंकले केही परिमार्जन तथा थप गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन तथा परिमार्जन गरेको हो ।

अब प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृतिको एकभन्दा बढी कार्ड जारी गर्न नपाइने भएको छ । तर, डोमेस्टीक कार्ड स्किम अन्तर्गतका कार्डहरु जारी गर्दा यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।

Esewa
Crest

त्यस्तै, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली प्रयोग गर्दा ग्राहकले आधिकारिक भिपिएनको प्रयोग गरे नगरेको पहिचान गर्नुपर्नेछ। आधिकारिक भिपिएनको प्रयोग नभएमा बैंकिङ एपमा लगइन गर्न नमिल्ने व्यवस्था लागू गर्नुपर्नेछ।

अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था समेत) ले भुक्तानीसम्बन्धी कार्यका लागि प्रयोग हुने विभिन्न प्रणालीहरुको नियमित रुपमा DC-DR Drill गर्नुपर्नेछ ।

संस्थाले नेपाल सरकारको सूचना प्रविधि विभागले डाटा सेन्टरको रुपमा कार्य गर्न सूचिकृत गरेको संस्थासंग मात्र आफ्नो डाटा सेन्टर राख्न सक्नेछन् । अनुमतिपत्रप्राप्त संस्थाहरुले हाल कायम रहेको डाटा सेन्टर ‘डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१’ मा तोकिएको समयमा सूचिकृत भए/नभएको एकीन गर्नुपर्ने छ ।

Final-to-Publish-1

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS