IME Life New

बैंक खाता खोल्न उमेरको सीमा हुन्छ ? यस्तो छ राष्ट्र बैंकको जबाफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक खाता खोल्न उमेरको सीमा निर्धारण गरिएको हुन्छ कि हुँदैन ? धेरैलाई कौतुहलता हुन सक्छ। तर, बैंक खाता खोल्न उमेरको सीमा निर्धारण गरिएको हुँदैन।

नेपाल राष्ट्र बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै बैंक खाता खोल्न उमेरको सीमा नहुने स्पष्ट पारेको हो। ‘सानै उमेरदेखि बालबालिकालाई बैंक खातासँग परिचित गराउँदै उनीहरुको वित्तीय चेतना अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसालौँ’, राष्ट्र बैंकले भनेको छ।

Esewa
Crest

सानै उमेरदेखि बालबालिकालाई बचतको महत्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गर्न उनीहरुको नाममा नै बैंक खाता खोल्न सकिने केन्द्रीय बैंकले जनाएको छ। ‘जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा कुनै पनि बैंक वा वित्तीय संस्थामा यस्तो खाता खोल्न सकिन्छ’, सूचनामा भनिएको छ, ‘यसरी नाबालकको खाता खोल्दा ऊ कानुनी रुपमा बालिग नभएसम्म खाता सञ्चालनको अख्तियारी नाबालकको अभिभावक वा संरक्षकमा रहन्छ ।’

नाबालक बालिग भएसँगै बैंक वा वित्तीय संस्थामा गई आधिकारिक हस्ताक्षरलगायत अन्य विवरण अद्यावधिक गराएपश्चात् खाता सञ्चालनको अख्तियारी हस्तान्तरण हुने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS