IME Life New

एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान, सञ्चालकको बैठक भत्ता बढाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि ढोका खोल्नेछ। यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। मर्जर प्रयोजनका लागि बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नुपर्ने भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले संस्थापक समूहतर्फ रिक्त सञ्चालक पदमा गरेको नियुक्ति सदर गर्नेछ।

बैंकको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS