IME Life New

सुशासन र विपन्न वर्गसम्म बीमाको पहुँच, नवनियुक्त अध्यक्षका चुनाैती र अवसर हुन्ः विज्ञ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा बीमा बजारको विकास र विस्तारका लागि बीमा नियामकले सुधारका थुप्रै काम गर्नुपर्ने आवश्यक देखिन्छ। केवल ४३ प्रतिशत जनसंख्या बीमाको दायरामा रहेको प्राधिकरणकै तथ्यांकले देखाइरहँदा नवनियुक्त अध्यक्ष शरद ओझाले बीमा बजारका विकास र विस्तारमा थुप्रै चुनौतीको सामना गर्नुपर्नेछ। उनले यी चुनाैतीहरूलाई सम्बोधन गर्दै आफ्नो कार्यकाललाई अवसरका रुपमा सदुपयोग गर्न सक्ने नेपालको बीमा क्षेत्रसँग लामो समयदेखि परिचित जानकारहरु बताउँछन्।

प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालको विचारमा नवनियुक्त अध्यक्षले नेपालको बीमा बजारको राम्ररी अध्ययन गरेर अगाडि बढ्नुपर्छ। ‘हाम्रो बीमा बजारको विकास र विस्तारमा थुप्रै काम गर्न बाँकी छ, ती काम गर्न उहाँसामू धेरै चुनातीको सामना गर्नुपर्छ’, उनले भने।

Esewa
Crest

अन्तर्राष्ट्रिय अभ्यास र बजारलाई हेरेर नयाँ अध्यक्षले नेपालमा पनि गर्न सकिने कामहरुलाई अगाडि बढाउनुपर्ने सिलवालले बताए। ‘समयानुकूल नयाँ बीमा प्रडक्टहरु ल्याउनुपर्छ’, उनले भने, ‘यसका लागि सरोकारवाला निकायहरुसँग सल्लाह–सुझाव लिएर अगाडि बढ्दा सहज हुन्छ।’

तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाइँले प्राधिकरणका नवनियुक्त अध्यक्षले बीमा कम्पनीहरु सुशासनमा ल्याउने कामलाई प्राथमिकता दिनुपर्ने बताए। ‘कम्पनीहरु सुशासनमा नरहेकै कारण पछिल्लो समय बीमालेख सरेन्डरको डाटा बढिरहेको छ, त्यसैले उहाँ विशेषगरी कम्पनीहरुलाई सुशासनमा ल्याउनेतर्फ लाग्नुपर्छ’, उनले भने। चापागाइँले अझै पनि निम्न वर्गसम्म बीमाको पहुँच पुग्न नसकेको बताए। ‘यसका लागि नवनियुक्त अध्यक्षले लघुबीमा कम्पनी, लघुवित्त संस्थाहरुसँग समन्वय गरेर त्यस्ता वर्गसम्म बीमा पुर्याउनुपर्छ’, उनले भने, ‘बीमा बजारको विस्तार र विकासमा उहाँले जोड दिनुपर्छ।’

तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीले बीमा बजारको विस्तार गर्ने काम नयाँ अध्यक्षले प्राथमिकतामा राख्नुपर्ने बताए। ‘यसका लागि लक्षित वर्गका लागि उपयुक्त बीमा पोलिसी ल्याउनदेखि बीमा सचेतनाका कार्यक्रमहरु गर्नुपर्छ’, उनले भने। बीमाका अन्तर्राष्ट्रिय मानकहरुलाई नेपालमा उपयुक्तताका आधारमा अगाडि बढाउँदै लैजाने रणनीति पनि नयाँ अध्यक्षले अपनाउनुपर्ने केसीको भनाइ छ। ‘अर्थतन्त्रमा बीमाको योगदान बढाउने खालका गतिविधि उहाँले गर्दै जानुपर्छ’, उनले भने, ‘हामीले पनि उहाँबाट त्यही अपेक्षा गर्ने हो।’

नेपालको बीमा बजारमा योग्य जनशक्तिको अभाव रहेको उल्लेख गर्दै केसीले नयाँ अध्यक्षले योग्य जनशक्ति पूर्तिमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए। ‘उहाँ युवा हुनुहुन्छ, काम गर्छु भनेरै आउनुभएको छ। त्यसैले उहाँले आफ्नो कार्यकाललाई बीमा क्षेत्रको विकास गर्ने अवसरका रुपमा पनि लिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ’, उनले भने।

बीमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक राजुरमण पौडेलले नवनियुक्त अध्यक्ष ओझा बीमाको पहुँच र विस्तारलाई केन्द्रित हुनुपर्ने बताए। ‘उहाँको पृष्ठभूमि पत्रकारिता क्षेत्र रहेको छ। उहाँलाई नेपालमा बीमाको अवस्थाबारे थाहै होला’, उनले भने, ‘सरकारले अझै पनि बीमाका बारेमा बुझेको छैन। उहाँले आफ्नो कार्यकालमा सबै तहका सरकारलाई बीमा बुझाउन भूमिका खेल्नुपर्छ।’ अर्को कुरा अझै पनि बीमा कम्पनीहरुमा सुशासनको अवस्था बलियो नरहेको पौडेलको भनाइ छ। ‘नवनियुक्त अध्यक्षले कम्पनीहरुलाई सुशासनमा ल्याउन योजनाबद्ध ढंगले बढ्नुपर्छ’, उनले भने।

पौडेलले, निम्नवर्गका व्यक्तिसम्म बीमाको पहुँच पुर्याउने नीति अवलम्बन गर्नुपर्ने बताए। ‘भर्खरे बीमा नियमावली आएको छ, अब कार्यविधिहरु बनाउँदै बीमा क्षेत्रको विकासमा उहाँ लाग्नुपर्छ’, उनले भने।

बीमाविज्ञ रविन्द्र घिमिरेले बीमा प्राधिकरणले नवनियुक्त अध्यक्षसामु चुनौती र अवसर दुबै रहेको बताए। ‘अझै पनि बीमा क्षेत्रमा गर्नुपर्ने काम थुप्रै छन्, त्यसैले उहाँसामु काम गर्ने अवसर नै अवसर छ’, उनले भने। प्राधिकरणले जोखिम व्यवस्थापनको राम्रो संयन्त्र निर्माण गर्नुपर्ने घिमिरेले बताए। यसमा नवनियुक्त अध्यक्षले आफ्नो नेतृत्वमा पहल गर्नुपर्ने उनले सुझाव दिए। ‘प्रविधिको विकाससँगै जनशक्ति उत्पादनमा उहाँले जोड दिनुपर्छ। दक्ष जनशक्ति उत्पादनका छुट्टै टेक्निकल कलेज स्थापना गर्नुपर्छ’, उनले भने।

नेपालमा २५ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेकोले त्यस्ता मानिसहरुलाई बीमाको दायरामा ल्याउन नयाँ अध्यक्षले भूमिका खेल्न सक्ने पनि घिमिरेले बताए। ‘कोरोना बीमाको मुद्दा पनि सेटल गर्नुपर्ने चुनौती उहाँसामु रहेको छ’, उनले भने। प्राधिकरणभित्रै र बीमा कम्पनीहरुमा सुशासन कायम गर्ने महत्वपूर्ण जिम्मेवारी पनि नयाँ अध्यक्षमाथि रहेको घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS