IME Life New

नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा चितवनको भरतपुर शाखा र नवलपुरको रजहर शाखामा वित्तीय साक्षरता तथा प्रभातफेरी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाले वित्तीय पहुँच विस्तार तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका बुद्धिजीवी, वित्तीय विज्ञहरू, तथा संस्थाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

भरतपुर शाखाले यहि फागुन १० गते, शनिबार वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा भरतपुर शाखा तथा दिब्यनगर शाखाका सदस्यहरू, स्थानीय भद्रभलादी, तथा संस्थाका वरिष्ठ पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Esewa
Crest

कार्यक्रममा वित्तीय साक्षरता, बचतको महत्व, कर्जा व्यवस्थापन, बीमा तथा वित्तीय अनुशासन सम्बन्धी जानकारी प्रदान गरिएको थियो । यसैगरी कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १६ का कार्यवाहक अध्यक्ष दुर्गा सोडारी रेग्मीले बैंक तथा वित्तीय संस्थाहरूको भूमिका, कर्जाको सदुपयोग, तथा वित्तीय अनुशासनको महत्वबारे प्रकाश पारेका थिए ।

त्यसैगरी रजहर शाखाले आइतबार वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्यो। गैंडाकोट नगरपालिका वडा नं। १४ की अध्यक्ष कोकिसरा रानामगर प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, प्रहरी प्रशासनका पदाधिकारी तथा वित्तीय विशेषज्ञहरूको उपस्थिति रहेको थियो।

दुबै स्थानमा नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक उमा जोशी बोहराले वित्तीय साक्षरताका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागीहरूलाई बचत, कर्जा सदुपयोग, बीमाको महत्व, वित्तीय संस्थासँगको अनुशासन, तथा नियामकीय प्रक्रियाहरू सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो ।

दुबै कार्यक्रमको औपचारिक शुभारम्भ प्रभातफेरी मार्फत गरिएको थियो, जसमा जसमा सहभागीहरूले वित्तीय सचेतना सम्बन्धी नारासहित स्थानीय बजार परिक्रमा गरेका थिए।

संस्थाले वित्तीय साक्षरता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित आगामी दिनहरूमा पनि विभिन्न शाखाहरूमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने योजना बनाएको छ। संस्थाले वित्तीय साक्षरताको माध्यमबाट समुदायका सदस्यहरूलाई दिगो वित्तीय व्यवस्थापन, बचत, लगानी तथा कर्जा व्यवस्थापन सम्बन्धी सचेत बनाउन निरन्तर क्रियाशील रहने बताएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS