IME Life New

निर्जीवन लघु बीमकले ७ महिनामा भित्र्याए सवा ५० करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन लघु बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिना माघुसम्म सवा ५० करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा निर्जीवन लघु बीमकले माघसम्म २ लाख २४८ वटा बीमालेख बिक्री गरेर ५० करोड २८ लाख ९० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। माघसम्म यो कम्पनीले ५८ हजार ११७ वटा बीमालेख बिक्री गरेर १४ करोड ६८ लाख ६३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४७ हजार ६९४ वटा बीमालेख बिक्री गरेर १२ करोड ४९ लाख ९२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै स्टार माइक्रो इन्स्योरेन्सले ५२ हजार ८३७ वटा बीमालेख बिक्री गरेर ११ करोड ६६ लाख ४८ हजार रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४१ हजार ६०० वटा बीमालेख बिक्री गरेर ११ करोड ४३ लाख ८७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS