IME Life New

मन्दिमा पनि व्यापार दोब्बर बनाएको जगदम्बा अटोको क्रेडिट रेटिङमा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले जगदम्बा अटो ग्रुप प्रा‍ लि (जेएपिएल) को वित्तीय प्रदर्शनमा देखिएको उल्लेखनीय सुधारको आधारमा कम्पनीको क्रेडिट रेटिङ स्तरोन्नति गरेको छ।

कम्पनीको दीर्घकालीन बैंक सुविधाको रेटिङलाई ‘डब्बल बी प्लस’ बाट ‘ट्रिपल बी माइनस ‘मा स्तरोन्नति गरिएको छ । इन्फोमेरिक्स नेपालका अनुसार ३ करोड ९६ लाख ७० हजार रूपैयाँ बराबरको दीर्घकालीन बैंक ऋण सुविधाका लागि यो रेटिङ लागू हुनेछ। यसैगरी अल्पकालीन बैंक सुविधाको रेटिङ ‘ए थ्री’ मा स्तरोन्नति गरिएको छ, जुन पहिले ‘फोर प्लस’ थियो। यो रेटिङले १ अर्ब ४५ करोड ७० लाख रूपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि मान्य हुनेछ। यी दुबै रेटिङले यो कम्पनी समयमै वित्तीय दायीत्व पुरा गर्नका लागि तुलनात्मकरूमा सक्षम रहेको अवस्थालाई झल्काउँछ।

Esewa
Crest

इन्फोमेरिक्सले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार, जेएपिएलले आर्थिक वर्ष २०८०।८१ मा उल्लेखनीय वित्तीय सुधार गरेको छ। यसको सवारी साधन बिक्रीवापतको आम्दानी गत वर्ष झण्डै दोब्बर वृद्धि भएको छ। गत आवमा यसको कुल सञ्चालन आम्दानी ४ अर्ब ८५ करोड रूपैयाँ पुगेको थियो। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा यसले मोटरसाइकल,स्कुटर र तीनपाङ्ग्रेको बिक्रीबाट २ अर्ब ७३ करोड ७० लाख रूपैयाँ आम्दानी गरेको थियो।

पछिल्लो समयमा प्रचार प्रसार, सवारी प्रदर्शनीका साथै पार्टपूर्जा उपलब्ध गराउनेमा अवधि तोकेरै ग्यारेण्टी गरेको छ। यसबाहेक ग्राहकको घर कार्यालयबाटै स्कुटर, मोटरसाइकल सर्भिसिङको लागि संकलन गर्ने र पुनः पुर्‍याई दिने सुविधा पनि दिएको छ। ग्राहकले मागेको पार्टपूर्जा ६० मिनेट भित्रमा उपलब्ध नहुन सकेमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएर बिक्री पछिको सेवामा ग्राहकको विश्वास जित्ने प्रयास गरेको छ। यसबाहेक शुन्य ब्याजदर र शुन्य डाउन पेमेण्टमा पनि मोटरसाइकल, स्कुटर उपलब्ध गराइ रहेको छ। यस्तो आक्रामक रणनीतिका कारण यसले विद्यमान आर्थिक शिथिलताका बावजुद बिक्री प्रवर्द्धनमा सफलता पाएको छ।

यो अवधिमा कम्पनीको कुल ऋण रुपैयाँ ७१ करोडबाट घटेर ५३ करोड ८० लाख रूपैयाँ पुगेको छ। यसले कम्पनीको गियरिङ अनुपातलाई ०.९२ मा झारिदिएको छ, जुन अघिल्लो वर्ष २.०१ थियो। यस्तै, ब्याज बहन अनुपात पनि १.६४ बाट बढेर ४.३६ पुगेको छ।

कार्यशील पूँजी व्यवस्थापनमा समेत सुधार देखिएको छ। कम्पनीको जगेडा अवधि ७६ दिनबाट घटेर ५४ दिनमा सीमित हुन पुगेको छ भने सञ्चालन चक्र पनि १२१ दिनबाट ७५ दिनमा झरेको छ। यसले कम्पनीको अल्पकालीन अवधिको ऋणमा निर्भरता घटाएको छ।

जेएपिएल शंकर ग्रुप अन्तर्गतको कम्पनी हो। यो कम्पनीलाई शाहिल अग्रवालले नेतृत्व गरिरहेका छन् । यो कम्पनीले नेपालमा टिभिएस ब्राण्डमा दुइ पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन जोडजाड(एसेम्बल) गरेर उत्पादन गर्दै अाएको छ। कम्पनीले आफ्नो सहायक कम्पनी जगदम्बा मोटर्स प्रा लिमार्फत मोटरसाइकल र तीनपाङ्ग्रे बिक्री गर्छ।, टिभिएस इन्डियाबाट मात्र सामान आयात गर्ने र  जगदम्बा मोटर्सलाई मात्र बिक्री गर्ने भएकाले आपूर्ति र ग्राहकमा अधिक निर्भरता रहेको छ।

नेपालको दुई पांग्रे र तीन पांग्रे सवारी बजारमा होंडा, बजाज, हिरो, यामाहा, सुजुकी जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग प्रतिस्पर्धा गरिरहेको छ। कडा प्रतिस्पर्धाका कारण यसले कम्पनीको नाफा मार्जिनमा असर गर्न सक्छ। सरकारले आयात नीतिमा असमयमै गरेको परिवर्तन र कर वृद्धिले व्यवसायलाई असर गर्न सक्नेछ। नेपाल सरकारले सवारी साधन एसेम्बली उद्योगलाई प्रोत्साहन गर्न आयात र उत्पादनमा कर छुट दिएकोले केही राहत मिलेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS