IME Life New

स्मार्टफोन आयातमा बाहिरियो करिब १९ अर्ब, कुन देशबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना (माघ)सम्म करिब १९ अर्ब रुपैयाँबराबरको स्मार्टफोन आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्म विभिन्न मुलुकबाट १२ लाख २९ हजार ९५७ वटा स्मार्टफोन आयात गर्दा १८ अर्ब ९८ करोड १३ लाख रुपैयाँ बाहिरिएको हो। सबैभन्दा धेरै स्मार्टफोन चीनबाट भित्रिएको छ। चीनबाट ७ महिनामा १२ अर्ब ९९ करोड २५ लाख रुपैयाँबराबरको ९ लाख ५३ हजार २१६ वटा स्मार्टफोन भित्रिएका छन्।

Esewa
Crest

यसैगरी दोस्रो धेरै स्मार्टफोन भारतबाट आयात भएको छ। माघसम्म भारतबाट २ लाख ७२ हजार ६६ वटा आयात हुँदा ५ अर्ब ६२ करोड ५ लाख रुपैयाँ बाहिरिएको छ।

यो सात महिनामा स्मार्टफोन आयातबाट सरकारले ३ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS