IME Life New

स्मार्टफोन आयातमा बाहिरियो करिब १९ अर्ब, कुन देशबाट कति ? (सूचीसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना (माघ)सम्म करिब १९ अर्ब रुपैयाँबराबरको स्मार्टफोन आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्म विभिन्न मुलुकबाट १२ लाख २९ हजार ९५७ वटा स्मार्टफोन आयात गर्दा १८ अर्ब ९८ करोड १३ लाख रुपैयाँ बाहिरिएको हो। सबैभन्दा धेरै स्मार्टफोन चीनबाट भित्रिएको छ। चीनबाट ७ महिनामा १२ अर्ब ९९ करोड २५ लाख रुपैयाँबराबरको ९ लाख ५३ हजार २१६ वटा स्मार्टफोन भित्रिएका छन्।

Crest

यसैगरी दोस्रो धेरै स्मार्टफोन भारतबाट आयात भएको छ। माघसम्म भारतबाट २ लाख ७२ हजार ६६ वटा आयात हुँदा ५ अर्ब ६२ करोड ५ लाख रुपैयाँ बाहिरिएको छ।

यो सात महिनामा स्मार्टफोन आयातबाट सरकारले ३ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS