IME Life New

साता महिनामा झन्डै १० खर्बको आयात, निर्यात सवा १ खर्बको मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको सात महिना (माघ)सम्म नेपालले झन्डै १० खर्ब रुपैयाँबराबरको आयात गरेको छ।

भन्साल विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्म नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँबराबरको आयात गरेको हो। जब कि यही अवधिमा नेपालबाट १ खर्ब २७ अर्ब २० करोड रुपैयाँबराबरको निर्यात गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म नेपालले आयात ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ गरेको थियो भने निर्यात ८६ अर्ब १३ करोड रुपैयाँ निर्यात गरेको थियो।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म व्यापार घाटा ६.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

माघसम्म मुलुकको आयात–निर्यात अनुपात ११.४ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS