IME Life New

अब वीरगञ्जमा पनि चाँडै नै सोल्टी होटलको व्यवस्थापन, दियालो होटल चलाउने

SPIL
होटल दियालो लर्डस
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु आतिथ्यता बजारमा होटल तथा रिसोर्ट पूर्वाधारको सञ्जाल विस्तार र व्यवस्थापनमा आक्रामक देखिएको सोल्टी होटल्स लिमिटेडले वीरगञ्जमा पनि चार तारे स्तरको होटलको व्यवस्थापन सम्हाल्ने भएको छ।

सोल्टीले प्रत्येक प्रदेशमा कम्तीमा एउटा होटल सञ्चालन वा व्यवस्थापन गर्ने रणनीति अन्तर्गत नै आदर्शनगरमा अवस्थित होटल दियालो लर्डसको व्यवस्थापन सम्हाल्ने भएको हो। सन् २०१९ देखि सञ्चालनमा आएको दियालो लर्डसको व्यवस्थापन अहिले भारतीय अन्तर्राष्ट्रिय होटल सञ्जाल लर्डस होटल्स एण्ड रिसोर्टले सम्हालि रहेको छ।

Esewa
Crest

सम्बद्ध श्रोतका अनुसार होटलको व्यवस्थापन सम्हाल्ने सम्बन्धमा दुबै पक्षबीच सम्झाैतासँगै महाप्रबन्धकको चयन समेत भई सकेको छ। आगामी मार्च महिनादेखि सोल्टीले व्यवस्थापन सम्हाल्नेछ। सोल्टीको सञ्जालमा आबद्ध भएपछि मधेश प्रदेशमा सोल्टीको व्यवस्थापन अन्तर्गत कुल दुईवटा होटल हुनेछन् । प्रदेश राजधानी जनकपुरमा मिथिला यात्री होटलको व्यवस्थापन सम्हालि रहेको छ।

सोल्टीको सञ्जालमा आबद्ध भारतीय सीमासँग जोडिएको यो तेश्रो होटल हो। यसअघि सोल्टीले भैरहवामा सोल्टी टाइगर प्यालेस र नेपालगञ्जमा सोल्टी वेष्ट एण्ड प्रिमियर होटल सञ्चालन गरिरहेको छ। यो मध्ये टाइगर प्यालेसको व्यवस्थापन मात्र सोल्टीको हो भने वेष्ट एण्ड प्रिमियर सोल्टीको पूर्ण स्वामित्वको होटल हो।

दियालो लर्डस प्लाजा होटलमा आवासीय भन्दा पनि जुवा (क्यासिनो खेल्न) र मदिरा सेवन गर्न आउने भारतीय यात्रीको बाहुल्यता छ। होटलले क्यासिनो सञ्चालनको जिम्मेवारी तेश्रो पक्षलाइ दिएको छ।होटलमा ६० वटा कोठा छन् । विवाह, ब्रतबन्ध, जन्म दिन, सभा समारोहका गतिविधिबाट पनि होटलको आयमा केही योगदान पुगेको छ। होटलको कोठा बिक्री दर अत्यन्तै न्यून हुनुको साथै तोकिएको दरमा उच्च छुटका कारण पनि उल्लेख्य आम्दानी गर्न नसकेको रेटिङ एजेन्सी, केयर रेटिङ्गस नेपालले गत मंसिरमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

कुल ७० करोड रूपैयाँ कर्जा भार रहेको होटल दियालो प्रालिले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कुल १३ करोड १० लाख रूपैयाँ बराबरको कारोबार गरेको छ। अघिल्लो आव २०७९।८० मा १२ करोड ५० लाख रूपैयाँ बराबरको कारोबार गरेको थियो।

नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य रहि सकेका उद्योगी अनिल रूंगटाको परिवारका सदस्य मुख्य लगानीकर्ता हुन् ।

सोल्टी ब्राण्ड, नेपालको पर्यटन क्षेत्रमा ५९ वर्ष पुरानो नाम हो। सोल्टीले अबको दुई महिनामा गोरखाको मनकामना र पोखरामा समेत पर्यटकीय होटल सञ्चालनमा ल्याउँदैछ। मनकामनामा मन्दिर नजिकै र पोखराको लेकसाइडमा होटल सञ्चालनमा ल्याउन लागेको हो। होटल्स लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईले भनेका छन्, दुई वर्षमा सोल्टीको स्वामित्व र रणनीतिक व्यवस्थापनमा गरी १५ वटा होटल पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS