काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २९ दशलमव ८७ अंकले बढेर २,७२७ को विन्दुमा कायम भएको छ । आज १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज ६ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट
