IME Life New

आकर्षक सेडान अनि स्टाइलिस ह्याचब्याक, कियाले ल्यायो एकसाथ दुई कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाली कार निर्माता कियाले स्पेनको तारागोनामा हुने दोस्रो किया ईभी डे कार्यक्रम अगाडि ईभी–फोर सेडान र ह्याचब्याक मोडल सार्वजनिक गरेको छ।

कम्पनीले यो इलेक्ट्रिक कार सेडान र ह्याचब्याक दुवै मोडलमा उपलब्ध गराउँदै आएको छ। यी दुवै कारमा स्टाइलिस लुकमात्र नभई एड्भासन्स प्रविधि र फिचरहरु पनि रहेको कियाको दाबी छ।

Esewa
Crest

केआईएले २४ फेब्रुअरीमा हुने यस कार्यक्रममा आफ्नो विद्युतीकरण योजनाहरुका बारेमा थप जानकारी शेअर गर्ने योजना बनाएको छ। यस कार्यक्रममा कम्पनीले आगामी दिनमा आउने विद्युतीय कारका बारेमा विस्तृत छलफल गर्नेछ। सुरुआतका रुपमा किया ईभी–फोरबाट पर्दा उठाइएको छ।

किया ग्लोबल डिजाइनका कार्यकारी उपाध्यक्ष र प्रमुख करिम हबिबले ईभी–फोरको आधुनिकता र व्यावहारिकतामा जोड दिएका छन्। यो कारले ग्राहकको बदलिँदो जीवनशैली र आवश्यकता पूरा गरेको हबिबको दाबी छ। हबिबले यो सेडान भेरियन्टलाई स्लिक, लो–नोज र लङ टेल सिल्हुट भएको वर्णन गरे। जब कि ह्याचब्याक भेरियन्टलाई सबै प्रकारका सडक अवस्थाहरुका लागि अलराउन्डरका रुपमा वर्णन गरिएको छ।

विशेषगरी कम्प्याक्ट सेग्मेन्टडको दृष्टिकोणबाट ईभी–फोरको डिजाइन धेरै अद्वितीय र आधुनिक छ। कम्पनीले आफ्नो कारको स्टाइलिस लुकमा आधुनिक प्रविधिलाई जोड्ने हरसम्भव प्रयास गरेको छ। ईभी–फोरले कम्पनीको भविष्य योजनाहरुका बारेमा पनि धेरै बताउँछ। विशेषगरी यो कारको सिल्हुट एकदम इनोभेटिभ छ। ईभी–फोरको सेडान र ह्याचब्याक भेरियन्ट सहरी र लामो दूरीको यात्राका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ।

दुवै कारमा कियाको ‘ईभी टाइगर फेस’, भर्टिकल ओरिएन्टेड हेडल्याम्प र ‘स्टार म्याप’ लाइटिङ सिग्नेचर स्टाइलसहितको आकर्षक फ्रन्ट–एन्ड डिजाइन रहेको छ। ईभी–फोर सेडान भेरियन्टको स्ट्रिमलाइन सिल्हुटमा लो–हुड लाइन रहेको छ। जसले लङ टेल डिजाइनलाई परिभाषित गर्दछ। यसमा एउटा युनिक रुफ स्पोइलर पनि छ। जसले यसलाई अझ प्रिमियम बनाउँछ। १९ इन्चको पांग्राले सुसज्जित यो सेडानको लुक हेर्न लायक छ।

दुवै कारको फ्रन्ट फेस धेरै हदसम्म समान छ। तर, ईभी–फोर ह्याचब्याकमा कन्ट्रास्टिङ ब्ल्याक भर्टिकल सी–पिलर र क्रिस्प लाइन छन्। बलियो फेन्डर र १९ इन्चको पांग्राले सुसज्जित यस ह्याचब्याक कारको तल्लो भागमा जियोम्याट्रिक ढाँचाको छ। यसको सार्प लाइनबाहेक फराकिलो टेललाइट, स्लोपिङ रियर विन्डो र अपराइट सी–पिलरले यसको लुकलाई अझ विशेष बनाउँछ।

हाल कम्पनीले ईभी–फोरको बाहिरी भाग मात्र अनावरण गरेको छ। यसको भित्री तस्बिरहरु अझै सार्वजनिक गरिएको छैन। यसबाहेक यस कारसँग सम्बन्धित प्राविधिक जानकारी पनि सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS