IME Life New

बैंकहरुको सीडी रेसियो ७९%को लाइनमा, निक्षेप र कर्जाको अवस्था कस्तो ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई निकै सकस परिरहेको छ। कर्जाको माग खासै नबढ्नु र निक्षेप थुप्रिँदै जानुले बैंकहरुमा तरलता फालाफाल हुन थालेको छ।

पछिल्लो समय वाणिज्य बैंकहरुले खराब कर्जा व्यवस्थापनतिर जोड दिइरहेका छन्। उनीहरुले व्यक्तिसँगै उद्योगी–व्यवसायीको आर्थिक अवस्था विश्लेषण गरेरमात्रै कर्जा प्रवाह गरिरहेका छन्। यी कारणले गर्दा बैंकहरुबाट कर्जा प्रवाह सुस्त बनेको छ।

Esewa
Crest

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमा ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने कर्जा प्रवाह ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँमात्रै भएको छ।

नियायमकी प्रावधानअनुसार बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन्। तर, माघसम्मको तथ्यांक हेर्दा बैंकहरुले औसतमा ७९.३५ प्रतिशतमात्रै कर्जा प्रवाह गरेको देखिन्छ।

माघसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७९.३५ प्रतिशत रहेको छ। त्यसो त वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम सीडी रेसियो वाणिज्य बैंकको देखिएको छ। यो बैंकको सीडी रेसियो ६३.९६ प्रतिशत रहेको छ। त्यसपछि स्ट्यान्डर्ड चार्ट बैंकको सीडी रेसियो ६८.९७ प्रतिशत रहेको छ।

सबैभन्दा धेरै सीडी रेसियो प्राइम बैंकको रहेको छ। यो बैंकको सीडी रेसियो ८५.७७ प्रतिशत रहेको छ।

सबैभन्दा बढी निक्षेप संकलन बैंकमा भने ग्लोबल आइएमई रहेको छ। यो बैंकले माघसम्म ५ खर्ब २९ अर्ब रुपैयाँ संकलन गरेको छ। कर्जा प्रवाह पनि ४ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ। कर्जा प्रवाह पनि वाणिज्य बैंकहरुमा ग्लोलब आइएमईकै सर्वाधिक रहेको छ।

दोस्रो धेरै निक्षेप संकलन गर्ने बैंकमा नबिल रहेको छ। नबिलले ४ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब कर्जा प्रवाह गरेको छ।
त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS