IME Life New

पाँच वर्षमा निर्जीवन बीमकले दिए करिब रु. १ खर्ब क्षतिपूर्ति, अझै रु. २०.८४ अर्ब बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीबाट बीमितले पछिल्लो ५ वर्षको अवधिमा करिब १ खर्ब रुपैयाँ क्षतिपूर्ति दाबी पाएका छन्। आर्थिक वर्ष २०७६।७७ देखि २०८०।८१ सम्मको ५ वर्षको अवधिमा निर्जीवन बीमकले बीमितलाई कुल ९२ अर्ब ४२ करोड २२ लाख रुपैयाँ क्षतिपूर्ति दाबी भुक्तानी दिएका हुन्।

नेपाल बीमा प्राधिकरणका अनुसार यो ५ वर्षको अवधिमा निर्जीवन बीमकले कुल ६ लाख ९५ हजार ३१८ वटा दाबी निवेदनबापत यति ठूलो रकम भुक्तानी गरेका छन्। दाबी भुक्तानी गरिएकोमध्ये ठूलो हिस्सा सम्पत्ति बीमा र मोटर बीमाबापतको रहेको छ।

Esewa
Crest

आर्थिक वर्ष २०७६।७७ मा निर्जीवन बीमकले बीमा दाबीबापत बीमितलाई कुल ११ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। यो रकम आर्थिक वर्ष २०८०।८१ मा आइपुग्दा बढेर १७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७९।८० मा निर्जीवन बीमकले सर्वाधिक २४ अर्ब १७ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन्। निर्जीवन बीमाबापत बीमितले आर्थिक वर्ष २०७७।७८ मा १७ अर्ब ५३ करोड ६६ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८।७९ मा २० अर्ब ८२ करोड ५ लाख रुपैयाँ क्षतिपूर्ति दाबी पाएका छन्।

प्राधिकरणका अनुसार आर्थिक वर्ष.२०७६।७७ देखि २०८०।८१ सम्मको ५ वर्षको अवधिमध्ये आर्थिक वर्ष २०७९।८० सम्म दाबी भुक्तानी संख्या क्रमशः वृद्धि हुँदै आएकोमा गत आर्थिक वर्ष २०८०।८१ मा दाबी भुक्तानीको संख्या र भुक्तानी रकम दुवै घटेको देखिएको छ। आर्थिक वर्ष २०७६।७७ मा ८६ हजार ६२१ दाबी भुक्तानी संख्या भएकोमा आर्थिक वर्ष २०७७।७८ मा १ लाख ४६ हजार ९३१, आर्थिक वर्ष २०७८।७९ मा १ लाख ४७ हजार ५१९, आर्थिक वर्ष २०७९।८० मा १ लाख ६२ हजार ५२४ पुगेको थियो। यो संख्या आर्थिक वर्ष २०८०।८१ मा आइपुग्दा घटेर १ लाख ५१ हजार ७२३ मा सीमित हुन पुग्यो।

यसैगरी आर्थिक २०७६।७७ मा कुल दाबी भुक्तानी हुन बाँकी रकम १३ अर्ब २० करोड ७१ लाख रुपैयाँ भएकोमा आर्थिक वर्ष २०७७।७८ मा बढेर २१ अर्ब ७५ करोड ५ लाख रुपैयाँ कायम हुन पुगेको थियो। प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८।७९ मा २३ अर्ब ४० करोड ३६ लाख रुपैयाँ, आर्थिक वर्ष २०७९।८० मा २१ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ क्षतिपूर्ति दाबी भुक्तानी गर्न बाँकी रहेकोमा आर्थिक वर्ष २०८०।८१ मा २० अर्ब ८४ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।

प्राधिकरणका अनुसार भुक्तानी हुन बाँकी दाबीको संख्या पनि क्रमशः बढ्दै गएको छ। गत आर्थिक वर्षमा भुक्तानी हुन बाँकी दाबीको संख्या ९४ हजार २६९ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS